Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसल प्रचारमा 'बादशाह जुट'

फिल्मीखबर, काठमाडौं, 2019/10/05
अहिले नेपालका गाउँ शहरसम्म सबैलाई दशैँको चटारो छ । तर, कार्तिक १५ देखि प्रदर्शनमा आउने सिनेमा 'बादशाह जुट' भने प्रचारमा जुटेको छ ।
 
यतिबेला फिल्मको टीम मोफसल टुरमा छ । टुरमा निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर यस टुरमा सहभागी भएका छन् ।  हेटौडा हुँदै चितवन पुगेको टिमले त्यहाँ फिल्म सम्वन्धि जानकारी दिएको छ ।
 
चितवन प्रेसमिटमा यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका जोनी सिंहले पहिलो खुड्किलोमा आफुले शतप्रतिशत लागि परेर काम गरेको बताए । 'सिनेमामा देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गएका छौँ । कहिँ-कतै आतंकवादी आक्रमणको कथा लागे पनि त्यो मूल कथामा पर्दैन ।'
 
यस्तै अभिनेता श्रेष्ठले फिल्ममा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको बताए । अघिल्ला सिनेमा भन्दा फरक र बलियो भूमिका भएकाले 'बादशाह जुट'को लागि कडा मेहनत गरेको दावी गरे यो फिल्ममा सुशीलले एक पत्रकारको भूमिका निर्वाह गरेका छन् ।
 
 
मुम्बईमा बस्दै गर्दा नेपाली सिनेमामा डेब्यु गरेकी केइशाले 'बादशाह जुट'को स्क्रिप्टले नेपालसम्म तान्न सफल भएको बताइन । भने, अर्की अभिनेत्री रश्मीले आफ्नो भूमिका दमदार भएपनि त्यसबारे खासै बताउन चाहिनन् । प्रहरीको भूमिकामा देखिएकी रश्मिले आफु कथाको ट्वीस्ट भएको बताइन ।
 
शुक्रबार साँझ सिनेमा युनिटले नारायणी नदि किनारमा कन्सर्ट पनि आयोजना गरेको थियो । दार्जिलिङको चर्चित तथा लेजेन्ड्री ब्याण्ड 'मन्त्र ब्याण्ड'सँगको सहकार्यमा उक्त कन्सर्ट समापन गरिएको थियो ।
 
सिनेमामा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ । अभिषेक शशी कुमारको लेखनमा निर्मित सिनेमामा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।
 
एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।
Most Visited News (monthly)