
भाद्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘लभ यु हमेशा’ को ‘भिडियो कन्टेस्ट’ घोषणा गरिएको छ । विवाहित वा अविवाहित दुबै जोडीले भाग लिन सक्ने प्रतियोगितामा प्रेम प्रस्ताव राखेको भिडियो बनाएर लभ यु हमेशा लेखेर फिल्म ‘लभ यु हमेशा’ को फेसबुक पेजमा पठाउनु पर्ने निर्देशक भास्कर प्रधानले जानकारी दिए ।

भाद्र २० गतेबाट प्रदर्शनमा आउन लागेको एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ‘तिमीले मलाई साहारा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरीलाई प्रेमिल भावमा प्रस्तुत छन् । शंकर अधिकारी घायलले लेखेको गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ ।

शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ ?’ तर, फिल्म दुनियाँमा नामले महत्वपूर्ण स्थान ओगटेको छ । नाम राम्रो नजुरेर फिल्मको घोषणा र फ्लोरमा निस्कन नसकेका उदाहरण धेरै छन् । नामका कारण फिल्ममेकर्सले अनेकन झन्झट पनि बेहोर्नु परेको छ । फिल्म ‘गाँजाबाजा’ नाम राखेर निर्देशक गणेशदेव पाण्डेले फिल्म बनाए । तर, चलचित्र विकास बोर्डले ‘गाँजा’ लागुऔषधको नाम भएको भन्दै फिल्म दर्ता नै गर्न मानेन ।

चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले लामो समयदेखि निर्माण गर्ने भनेको फिल्मको औपचारिक घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच ‘सेन्टी भाइरस’ नाम जुराइएको फिल्मको घोषणा गरियो । भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

जस्तोसुकै भूमिकामा आफूलाई जीवन्त रुपमा उतार्न सफल अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनी भाद्र ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । यो उनको करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ ।

भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले फिल्म बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ । एक्सनले भरिएको २ मिनेट १ सेकेण्ड छोटो ट्रेलर इन्गेजिङ छ ।

