Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

'छ माया छपक्कै'को दुइ दिने व्यापार कति ? दीपकराज भन्छन, 'आश्चर्यजनक'

Filmykhabar, Kathmandu, 2019/10/13
यस बर्षको प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ यही शुक्रबार रिलिज भयो । दशैंको अन्त्यतिर रिलिज यो फिल्मको व्यापारलाई लिएर व्यापक चर्चा थियो । फिल्म रिलिजसंगै यतिबेला व्यापारिक रिपोर्टको चर्चा भइरहेको छ ।
 
अभिनेता दीपकराज गिरीले यो फिल्मको व्यापार आश्चर्यजनक भएको बताएका छन् । फिल्मिखबरसंगको कुराकानीमा उनले शनिवारको व्यापार रेकर्ड तोड रहेको जनाएका छन् । रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख आसपास रहेको बताएका उनले दोश्रो दिन शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको बताए । जसमा उनि आफै सदस्य रहेको एफडि कम्पनीको रिपोर्टमा काठमाडौँ उपत्यका बाहिर ९० लाख देखिएको बताए ।
 
गिरीले दिएको रिपोर्टलाइ मान्ने हो भने अहिलेसम्मकै ठुलो दुइ दिने व्यापार हो । यद्यपि खास व्यापारिक रिपोर्ट भने आइसकेको छैन ।
 
 
राजनैतिक विषयलाई उठान गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् ।
Most Visited News (monthly)