
भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ मा चौथो स्थान हासिल गरेका आयुष केसीले पहिलो पटक नेपाली फिल्मको गीतमा आवाज भरेका छन् । उनको आवाजमा समावेश फिल्म ‘हजार जुनीसम्म’ को शिर्ष गीत सार्वजनिक भएको छ । उनले गायक उदय सोताङ्गको चर्चित गीत ‘हजार जुनीसम्म’ गाएका हुन् ।

गएको जेठमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ पछि कुनै फिल्मले हलमा गतिलो व्यापार गर्न सकेका छैनन् । न त दर्शकलाई नै सन्तुष्ट बनाउन सकेका छन् । तर, हरेक हप्ता हलमा नयाँ फिल्म भित्रन कम भएको छैन । यो शुक्रबार ‘साइनो’, ‘रे’ र ‘काँचुली’ सहित तीन फिल्म लागे । तीन फिल्ममा कसले राम्रो व्यापार गर्यो भन्ने दर्शकमा चासो पक्कै होला ?

फिल्म प्रदर्शनका लागि दशैं विदा उपयुक्त मानिन्छ । करीब एक हप्ता विदा हुने हुँदा फिल्मले व्यापार पनि राम्रो गर्छ । हिन्दू धर्मालम्बीको महान पर्व भएका कारण यो बेला फिल्म प्रदर्शनका लागि शुक्रबार कुर्नु पर्दैन । जुन दिन पनि प्रदर्शनका लागि खुल्ला छ । त्यसैले दशैंको छेकोमा फिल्म प्रदर्शन गर्न निर्माताबीच हानाथाप हुने गरेको छ । यो रस्साकस्सी वर्षौदेखि चल्दै आएको छ ।


सुपरस्टार प्रभासको एक्सन थ्रिलर फिल्म ‘साहो’ को ट्रेलर शनिबार सार्वजनिक भयो । यसमा हलिउड स्तरको जबरजस्त एक्सन देख्न सकिन्छ । फिल्ममा प्रभास एक अन्डरकभर एजेन्टको भूमिकामा छन् । २०१७ अप्रिलमा प्रभासको पछिल्लो फिल्म 'बाहुबली २' रिलिज भएको थियो । उनी दुई वर्षपछि पर्दामा फर्किन लागेका हुन् ।

यस वर्षको सुरुवात निकै राम्रो रह्यो । गत वर्षको अन्त्यमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले सुस्ताएको नेपाली फिल्मको बजारलाई चलायमान बनाएको थियो । त्यसअघि करीब ६ महिना कुनै फिल्म नचलेर फिल्म क्षेत्र नै धरासायी हुने अवस्थामा पुगेको थियो । यो फिल्मपछि बैशाखमा ‘दाल भात तरकारी’ र जेठमा ‘जात्रै जात्रा’ ले पनि राम्रो व्यापार गरे ।

