
असार र साउन पानी पर्ने महिना हो । यो महिनामा कृषकहरुले वर्षभरिको लागि पुग्ने अन्न उब्जाउन दुःख गर्ने गर्दछन् । तर, फिल्म छायांकनका लागि यो महिना उपयुक्त मानिँदैन । पानीले छायांकन हुन दिँदैन, जसले गर्दा निर्माण लागत निकै बढ्छ । यसकारण सकभर निर्माता तथा निर्देशक असार र साउनमा फिल्मको छायांकन गर्दैनन् । तर, ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनाललाई भने दर्के झरी नपरेर समस्या भएको छ ।

अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीले डेब्यू गरेको फिल्म हो ‘होस्टेल’ । यो फिल्मबाट अभिनेता द्वय सलोन बस्नेत र गौरव पहारीले पनि एकसाथ डेब्यू गरेका थिए । सुनिल रावल निर्मित तथा हेमराज वसी निर्देशित यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । साथै, अनमोल रातारात ‘स्टार’ भएका थए । यो फिल्मपछि उनले करिअर फर्किएर हेर्नु परेको छैन । अहिलेका ठूला स्टारडम भएका अभिनेता हुन्, उनी ।

नेपाली फिल्ममा स्टार किड्सको प्रवेश दिन-प्रतिदिन बढ्दो छ । गएको वर्ष फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना र ‘जानी नजानी’ बाट पुराना कलाकार विश्व बस्नेतकी छोरी निरीशाले डेब्यू गरे । यस वर्ष पुराना निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माका छोरा अंकितले फिल्म ‘रातो टीका निधारमा’ बाट फिल्मी करिअर सुरु गर्दैछन् ।

गएको जेठदेखि कुनै नेपाली फिल्मले आशातित व्यापार गर्न नसकिरहेको अवस्थामा शुक्रबारबाट सिंगल थिएटर लक्षित तीन फिल्म प्रदर्शनमा आएका छन् । रमेश थापा निर्देशित फिल्म ‘साइनो’, राजेन्द्र त्रिपाठीको ‘रे’ र शंकर अधिकारीको निर्देशन रहेको फिल्म ‘काँचुली’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।

भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मेरो माया के हो ?’ बोलको गीतमा फिल्मका प्रमुख अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाह फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । बसन्त श्रेष्ठ गीतको भिडियोका कोरियोग्राफर हुन् ।

अभिनेत्री मिरुना मगरले फिल्म 'लालपूर्जा' बाट अभिनयमा डेब्यू गरेकी थिइन् । सुन्दरी अभिनेत्रीको रुपमा चिनिएकी उनले दोस्रो फिल्मको रुपमा अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्कासँग फिल्म 'रोज' गरिन् । तर, दुबै फिल्म बक्सअफिसमा असफल साबित भए । दुई फिल्मको असफलताले उनी नराम्रोसँग हल्लिएकी थिइन् । कतिपयले उनी अब पलायन हुने अनुमान पनि लगाए ।

