Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘इनास अवार्ड’ मा विपिन र स्वस्तिमा उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2019/10/15
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले सोमबार राजधानीमा आयोजना गरेको छैठौं ‘इनास फिल्म अवार्ड’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट घोषित भएका छन् । फिल्म ‘प्रसाद’ बाट विपिनले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमाले ‘बुलबुल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । ११ विधामा बाँडिएको ‘इनास अवार्ड’ मा उत्कृष्ट फिल्मको अवार्ड पनि ‘बुलबुल’ ले नै हात पार्‍यो । 
 
 
उत्कृष्ट निर्देशकको अवार्ड पनि ‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले आफ्नो पोल्टामा पारे । त्यस्तै, ‘गोपी’ बाट निर्देशक दीपेन्द्र लामा र ‘छक्का पञ्जा ३’ बाट निर्देशक दीपाश्री निरौलालाई जुरी अवार्ड प्रदान गरियो । काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको अवार्ड समारोहमा दर्जनौं नेपाली फिल्ममा कालजयी संगीत भरेका संगीतकार रञ्‍जित गजमेरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । 
 
आइतबार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अध्यक्षमा चुनिएकी कमला दाहालले यो अवार्डलाई आगामी दिनमा अझ परस्कृत र भव्यसँग आयोजना गर्ने बताइन् । यस कलाकार समाजको ७० देशमा शाखा छ । कार्यक्रममा समाजको विभिन्न चार देशका समितिलाई पनि सम्मान गरिएको थियो । अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहेको थियो । भने, फिल्मकर्मीहरु उपस्थिति पनि बाक्लो थियो । 
 
छैठौं ‘इनास फिल्म अवार्ड २०७६’ को विजेताको सूची यसप्रकार छ : 
 
१. उत्कृष्ट चलचित्र
 
बुलबुल
 
२. उत्कृष्ट निर्देशक
 
विनोद पौडेल – बुलबुल
 
३. उत्कृष्ट अभिनेता
 
विपिन कार्की – प्रसाद  
 
४. उत्कृष्ट अभिनेत्री
 
स्वस्तीमा खड्का – बुलबुल 
 
५. उत्कृष्ट लेखन
 
सुशील  पौडेल – प्रसाद
 
६. उत्कृष्ट सम्पादन
 
निमेष श्रेष्ठ – साइँली
 
७. उत्कृष्ट छायांकन
 
पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३
 
८. संगीत  
 
दिपक शर्मा – छक्का पञ्जा ३ – पहिलो नम्बरमा
 
९. गायन (पुरुष)
 
प्रताप दाश – रोज – फुल होइन काँडा
 
१०. गायन (महिला)
 
प्रविशा अधिकारी – रोज – फूल होइन काँडा
 
११. नृत्य निर्देशन
 
कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न
Most Visited News (monthly)