Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

३५ करोडमा ‘जर्सी’ को हिन्दी रिमेक गर्दै शाहिद

एजेन्सी, मुम्बई, 2019/10/14
यस वर्षको ब्लकबस्टर फिल्म ‘कबीर सिंह’ पछि कुनै फिल्ममा अनुबन्ध नभएका अभिनेता शाहिद कपूरको नयाँ फिल्मको औपचारिक निर्माण घोषणा भएको छ । उनले पुनः तेलुगू फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा लिड रोल प्ले गर्ने भएका छन् । यो फिल्म यस वर्षको २८ अगस्टमा प्रदर्शनमा आएको थियो । उक्त फिल्मका लागि शाहिदले ठूलो रकम बुझेको बताइएको छ ।
 
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, हिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकका लागि निर्माताले शाहिदलाई ३५ करोड पारिश्रमिक दिएका छन् । फिल्मसँग सम्बन्धित  ट्रेड एक्सपर्टका अनुसार, ३५ करोडसँगै फिल्मको नाफाको ३० प्रतिशत पनि लिने सर्तमा उनले यो फिल्म गर्न लागेका हुन् । बलिउडमा विशेषगरि तीन खानले पारिश्रमिकसँगै नाफा पनि लिने गरेका छन् । 
 
 
नानीको सुपरहिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा काम गर्नका लागि शाहिद निकै उत्साहित छन् । उनलाई ओर्जिनल फिल्म निकै मन परेको थियो । योभन्दा अगाडि उनी तेलुगू सुपरस्टार विजय देवरकोन्डाको ब्लकबस्टर फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ मा देखिएका थिए । यो फिल्मको हिन्दी रिमेकले पनि बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो । 
 
‘कबीर सिंह’ को सफलतापछि शाहिदको स्टारडम उत्कर्षमा पुगेको छ । जसकारण उनले आफ्नो पारिश्रमिक दुई गुणा बढाएका छन् । ‘जर्सी’ को हिन्दी रिमेकलाई गौतम तिन्नानुरीले निर्देशन गर्दैछन् । उनी यो फिल्मका लागि शाहिद नै उत्कृष्ट छनोट रहेको बताउँछन् । यो फिल्म एक स्पोर्ट्स ड्रामा हो । साउथ एक्टर नानीले यसमा क्रिकेटरको भूमिका निभाएका थिए ।
Most Visited News (monthly)