Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9433 - 9438 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-08-18, आईतवार

स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथि फिल्म बन्ने भएको छ । हाल यस फिल्मको बेलायतमा छायांकन भइरहेको छ । फिल्मको छायांकन २६ जुलाईबाट सुरु भएको हो । साहित्यकार सनमकुमार बैरागले फिल्मको क्याप्टेनसिप सम्हालेका छन् । यो उनको डेब्यू निर्देशन हो । फिल्मको पटकथा, संवाद र गीत पनि उनी स्वयंले तयार पारेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-18, आईतवार

चकलेटी ब्वाई आर्यन सिग्देलको रोमान्टिक-कमेडी फिल्म ‘च च हुई’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक दुई पोस्टरमा अभिनेत्री मिरुना मगरप्रति आर्यनकोे प्रेम दर्शाइएको छ । मिरुनालाई लजालु युवतीको रुपमा चित्रण गरिएको छ । आर्यन र मिरुनासँगै कलाकार द्वय भोलाराज सापकोटा र माओत्से गुरुङ पनि पोस्टरमा फिचर्ड छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-17, शनिवार

भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ टिम प्रचारलाई चुस्त बनाउन मोफसल यात्रामा निस्किएको छ । नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखरामा शुक्रबार दिनभरी नै फिल्मको टिमले प्रचार-प्रसारका विभिन्न कार्यक्रम गर्‍यो । मोफसल यात्रामा फिल्मकी लिड अभिनेत्री नम्रता श्रेष्ठ, नकारात्मक भूमिकामा रहेका अभिनेता प्रमोद अग्रहरी, नव अभिनेत्री सुजिता श्रेष्ठ, कलाकार सम्राट मगरलगायत छन् । 

एजेन्सी, मुम्बई, 2019-08-17, शनिवार

गत वर्षको सबैभन्दा हिट फिल्ममध्ये एक ‘बधाई हो’ ले हालै घोषित राष्ट्रीय फिल्म पुरस्कार २०१९ मा ‘बेस्ट पपुलर फिल्म प्रोभाइडिङ व्होलसम इन्टरटेन्मेन्ट’ को ट्रफी आफ्नो नाम गर्‍यो । यो फिल्ममा प्रमुख भूमिकामा आयुष्मान खुराना, सान्या मल्होत्रा, नीना गुप्ता, गजराज राव र सुरेखा सीकरीले काम गरेका थिए । फिल्मका लागि सुरेखा सीकरीलाई पनि सर्वश्रेष्ठ सहायक अभिनेता (महिला) को राष्ट्रीय पुरस्कार मिलेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-17, शनिवार
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी अभिनेत्री स्वस्तिमा खड्कालाई अहिले ‘नम्बर वान अभिनेत्री’ पगरी गुथाउन थालिएको छ । लभर गर्लको भूमिका होस् वा विवाहित महिला, उमेरले २५ वर्ष पनि नटेकेकी उनीसँग सबैखाले भूमिकामा जीवन्त अभिनय पस्किने खुबी छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-08-17, शनिवार

बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग ! उनको निधन गाइजात्राको एकदिन पछि भएको छ । 

Results : 9433 - 9438 of 24024
Most Visited News (monthly)