Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कार्टुनमा सुशील र आमिरको कमेडी रुप

फिल्मीखबर, काठमाण्डौ, 2019/10/24
अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतमको प्रमुख भूमिका रहेको फिल्म 'बादशाह जुट' कात्तिक १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । आफूलाई बादशाह सम्झने दुई युवकको कथामा फिल्म आधारित छ । फिल्ममा सुशीलले पत्रकार र आमिरले हवल्दारको भूमिका निभाएका छन् । जोनी सिंह राणाले फिल्मको निर्देशन गरेका हुन् । 
 
प्रदर्शन मिति नजिकिँदै गर्दै निर्माण टिमले फिल्मको प्रचार-प्रसारमा कुनै कमी हुन दिएको छैन । दशैंंअघि नै मोफसल दौडाहा सकेको फिल्मको टिमले बिहीबार एक कार्टुन पोस्टर सार्वजनिक गरेको छ । जसमा सुशील र आमिरलाई उतारिएको छ । सम्भवतः नेपाली फिल्मको इतिहासमा पहिलो पटक फिल्मको कार्टुन पोस्टर सार्वजनिक गरिएको हो । 
 
 
आफूलाई बादशाह सम्झने पात्रको भूमिकामा सुशील र आमिर रहेको पोस्टरले प्रस्ट्याउँछ । एक्सन र कमेडी जनरामा निर्माण भएको फिल्ममा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीले एक गीतमा ठुम्का लगाएकी छन् । फिल्मलाई राजु काकीले खिचेका हुन् । 
 
अभिषेक शशि कुमारको पटकथा रहेको फिल्ममा राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाज, कोशिश क्षेत्री, मोहित मुनालले संगीत भरेका छन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) ले लगानी गरेको फिल्म एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो । 
Most Visited News (monthly)