Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आउँदो दुई हप्तामा रणवीर र आलियाको बिहे ?

एजेन्सी, मुम्बई, 2019/10/25
 
बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट केही दिनयता खुबै चर्चामा छन् । उनीहरु चाँडै विवाह गर्ने तयारीमा रहेको खबर छ । तर, अहिलेसम्म यसको पुष्टि रणवीर र आलियाले गरेका छैनन् । केही दिन अगाडि दुईको विवाहको निमन्त्रणा कार्ड इन्टरनेटमा निकै भाइरल भएको थियो । तर, पछि त्यो नक्कली रहेको प्रमाणित भएको थियो । 
 
नक्कली विवाहको कार्डमा आलियाको नामदेखि पिता महेश भट्टको नामसम्म कयौं गल्ती गरिएको थियो । कार्डमा आलियाको नाम ALIYA लेखिएको थियो । तर, उनी स्वयं अंग्रेजीमा आफ्नो नाम ALIA लेख्छिन् । एकाएक विवाहको कार्ड सामाजिक सञ्जालमा भाइरल भएपछि आलियालाई यस विषयमा सोधिएको थियो । तर, उनले कुनै जवाफ फर्काइनन् । 
 
भारतीय मिडियाका अनुसार, अर्को दुई हप्तामा रणवीर र आलियाले विवाह गर्दैछन् । र, यतिबेला उनीहरु फ्रान्समा छन् । हालै क्याटरिङ अरेन्जमेन्टका लागि शेफ रितु डालमियासँग सम्पर्क गरिएको थियो । यद्यपि, यसको अहिलेसम्म पुष्टि भएको छैन । रणवीर र आलिया लामो समयदेखि एकअर्काको प्रेममा छन् । दुईले फिल्म 'ब्रह्मास्त्र' मा सँगै काम गरेका छन् ।
Most Visited News (monthly)