Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 4.85/5.00)
Text size:-
+
-

‘मिस्टर नेपाली’ ट्रेलर : भुवनको दोहोरो भूमिका (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/10/24
अभिनेता भुवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा भुवनलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । उनले निभाएको एउटा चरित्र नेगेटिभ देखिएको छ । देव भुषालले फिल्मको निर्देशन गरेका हुन् । कथा, पटकथा र संवाद पनि उनकै हो । 
 
 
फिल्ममा भुवनका अलावा रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवलगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । विदेशबाट फर्किएका साहिल र गाउँमा एकछत्र राज गरेर बसेका भुवनबीचको टकराव फिल्ममा देख्न पाइनेछ । 
 
निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा प्रेमराज दाहालको लगानी छ । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा फिल्म आधारित छ । निर्देशक भुषालले फिल्मले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ । 
 
एक समय नेपाली फिल्ममा बलियो साम्राज्य बनाएका अभिनेता भुवन केसीले अभिनयबाट दूरी बनाएको लामो समय भइसकेको छ । सम्भवतः उनी ७ वर्षपछि  ‘मिस्टर नेपाली’ मार्फत् पर्दामा फर्किँदैछन् । छोरा अनमोलको करिअर बनाउन लामो समय अभिनयबाट टाढा रहेका उनी यो फिल्मले आफ्नो पुरानो क्रेज फर्काउनेमा विश्वस्त छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)