Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि सर्‍यो सुमीको ‘सरौतो’

फिल्मीखबर, काठमाडौं, 2019/10/31
अभिनेत्री सुमी मोक्तानको प्रमुख भूमिका रहेको फिल्म ‘सरौतो’ को प्रदर्शन मिति फेरि पोस्टपोन्ड भएको छ । यसअघि कात्तिक २२ र कात्तिक २९ गरि फिल्मको दुई पटक प्रदर्शन मिति हेरफेर भएको थियो । अब, यो फिल्म आउँदो मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । ‘घामड शेरे’ हुत्तिएर कात्तिक २२ मा पुगेपछि यसले प्रदर्शनका लागि कात्तिक २९ रोजेको थियो । 
 
तर, यो मितिमा यसअघि नै ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ प्रदर्शनका लागि तयारी अवस्थामा थिए । दुई फिल्मभन्दा भिड्दा दर्शक र हल बाँडिने हुँदा ‘सरौतो’ को निर्माण टिमले पुनः प्रदर्शन मिति फेरबदल गरेको हो । फिल्मका निर्देशक हरि हुमागाईंले एकै मितिमा धेरै फिल्म प्रदर्शन हुन लागेका कारण फिल्मलाई दुई हप्ता पछाडि प्रदर्शन गर्न लागेको जानकारी दिए । 
 
 
फिल्ममा सुमीका अलावा विजय लामा, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । 
 
उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । ‘सरौतो’ आफ्नो ड्रिम प्रोजेक्ट बताउने अभिनेत्री सुमी फिल्मका लागि एक्सन सिक्न निकै मेहनत गरेको बताउँछन् । फिल्मका लागि उनले गरेको मेहनत ट्रेलरमा पनि देख्न सकिन्छ । 
Most Visited News (monthly)