Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजयको ‘बिगिल’ ले ५ दिनमा छाप्यो २ सय करोड

एजेन्सी, मुम्बई, 2019/10/31
 
दिपावलीको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘हाउसफुल ४’ ले जबरजस्त व्यापार गरिरहँदा तमिल सुपरस्टार विजयको फिल्म ‘बिगिल’ ले पनि बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । ‘हाउसफुल ४’ ले प्रदर्शनको ५ दिनमा सय करोडको व्यापार गरेको थियो । विजयको फिल्मले भने ५ दिनमा विश्वभरबाट २ सय करोड छापेको रिपोर्ट प्राप्त छ । 
 
फिल्म विश्लेषक सुमित काडेलले ट्वीट गर्दै लेखेका छन्, ‘‘बिगिल’ ले प्रदर्शनको पाँच दिनमा विश्वभरबाट २ सय रुपैयाँ कमाउन सफल भएको छ । थलपति विजयको फिल्मको बम्पर कमाईको शिलशिला जारी छ ।’’ एटली कुमार निर्देशित फिल्मले विश्वभर धूम मच्चाएको छ । ४ हजार २ सय स्क्रिनमा रिलिज भएको यो फिल्मले संसारभर ५ सय करोड कमाउने अनुमान गरिएको छ ।
 
‘बिगिल’ एक स्पोर्ट्स एक्सन फिल्म हो, जसमा विजय पिता र छोरा गरि दुई भूमिकामा छन् । पिताको रुपमा उनी एक स्थानीय डनको भूमिकामा देखिएका छन् । भने, छोराको रुपमा उनी एक महिला फुटबल टीमको कोचको भूमिकामा छन् । यी अभिनेताले कोचको भूमिकाका लागि प्रशिक्षण लिएका थिए । विजय फिल्मको सानदार कमाईबाट निकै खुसी छन् । 
 
फिल्‍मको इन्टरभल सिक्वेन्स दर्शकलाई निकै मन परेको छ । निर्देशक ऐटलीको पनि यो फेभरेट सिन हो । १ सय ८० करोडमा निर्माण भएको यो फिल्ममा नयनतारा, ज्याकी श्राफ, योगी बाबूलगायतका कलाकारहरुको अभिनय छ । बलिउड फिल्‍ममेकर करण जोहरलाई पनि यो फिल्म निकै मन परेको छ । उनले फिल्म हेरेपछि सोसल मिडियामा तारिफ गरेका छन् । 
Most Visited News (monthly)