Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बादशाह जुट’ लाई एकल रिलिजको अवसर

फिल्मीखबर, काठमाण्डौ, 2019/11/01
नेपाली फिल्मलाई एकल रिलिजको मौका निकै कम मिल्छ । वर्षमा सयभन्दा बढी फिल्म रिलिज हुने हुँदा प्रत्येक हप्ताको शुक्रबार दुईभन्दा बढी फिल्म प्रदर्शन हुँदै आएका छन् । ठूला स्टार र गिनेचुनेका ब्यानरका फिल्मले मात्र मुश्किलले एकल रिलिजको मौका पाउने गर्दछन् । अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम स्टारर फिल्म ‘बादशाह जुट’ ले यही दुर्लभ संयोग पाएको छ ।
 
शुक्रबारबाट देशभरका हलमा एकसाथ प्रदर्शन थालनी गरेको यो फिल्मसँग भिड्न बक्सअफिसमा कुनै नेपाली फिल्म छैनन् । तर, यसलाई हलमा आफ्नो वर्चश्व कायम गर्न भने सहज छैन । किनकि, दशैंको छेकोमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले अझैसम्म हल कब्जा गरेर बसेको छ । अघिल्लो हप्ताको फिल्म ‘पोइ पर्‍यो काले’ को दबदबा पनि कायमै छ ।  
 
 
यी दुई फिल्मको चेपुवामा पर्नसक्ने डर ‘बादशाह जुट’ टीमलाई छ । त्यसमाथि फिल्मले मल्टीप्लेक्समा अत्यन्त न्यूज सोज पाएको छ । यो अवस्थामा फिल्मलाई नाफाको व्यापार गर्न हलमा लामो रेसको घोडा बन्नुपर्छ । जसका लागि फिल्मको ‘वर्ड अफ माउथ’ बलियो हुन आवश्यक छ । फिल्मले आफूलाई बादशाह सम्झने एक पत्रकार र एक पुलिस अफिसरको कथा वाचन गरेको छ । 
 
जोनी सिंह राणा निर्देशित फिल्ममा सुशील र आमिरका अलावा रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायतको अभिनय छ । हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो फिल्मका लगानीकर्ता हुन् । फिल्ममा अभिषेक शशी कुमारको पटकथा, कृष्ण भारद्धाज/कोशिश क्षेत्रीको संगीत, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ । 
Most Visited News (monthly)