Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

नोभेम्बरको पहिलो सातादेखि अमेरिकाभर 'छ माया छपक्कै'

फिल्मीखबर, अमेरिका, 2019/11/01
अमेरिकामा रहेका नेपाली फिल्म प्रेमीहरूका लागि खुसीको खबर छ। तेस्रो सातामा आउँदासम्म पनि दर्शकहरूको साथ पाईरहेको बर्षको हिट फिल्म 'छ माया छपक्कै' नोभेम्बरको पहिलो सातादेखि अमेरिकाभर प्रदर्शन हुने भएको छ।
 
 
सुरेश दर्पण पोखरेल सहित भरत बराइली, प्याट्रिक सुवेदी र डीजे मोमोको टिमले अमेरिकामा फिल्म वितरणको जिम्मा लिएका हुन्। अमेरिकाको बाल्टिमोरमा बस्दै आएका सुरेश दर्पणसहितको टिमलाई संपर्क गरेर आफू बस्दै आएको राज्यमा फिल्म प्रदर्शनको जिम्मा लिन सकिने बताईएको छ। हालसम्ममा अमेरिकाका थुप्रै राज्यमा फिल्म प्रदर्शनका लागि तय भईसकेको वितरण टिमले जानकारी दिएको छ। 
 
देशको वर्तमान राजनैतिक बिषयलाई व्यङ्गात्मक ढंगले प्रस्तुत गरेर निर्माण गरिएको फिल्म 'छ माया छपक्कै'लाई सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन्। 
 
‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र 'आईएमई'को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन्। फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन्। यसैगरी फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ।
Most Visited News (monthly)