
दशैं विदा छोप्दै असोज १७ गतेबाट फिल्म ‘काले दाई’ प्रदर्शनमा आउने भएको छ । यो फिल्म रिलिजको भोलीपल्ट फूलपाती परेको छ । हरेक वर्ष दशैंको फूलपातीमा फिल्म रिलिज गर्न हानाथाप गर्ने ठूला ब्यानरहरु यसपटक भने कुना पसेका छन् । किनकि, फूलपातीको दुई दिन अगाडि बलिउडको महँगो फिल्म ‘वार’ प्रदर्शन हुँदैछ ।

शुक्रबारबाट फिल्म ‘मारुनी’ प्रदर्शनमा आएसँगै अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्काको अग्नी परिक्षा सुरु भएको छ । दुईले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् । मेकिङ, गीतसंगीत, स्टारकास्ट र ट्रेलरका कारण राम्रो हाइप निर्माण गरेको यो फिल्मले सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । पारिवारिक फिल्म बनाउन खप्पिस मानिने नवल नेपाल यस फिल्मका निर्देशक हुन् ।

दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक भएको छ । ज्योतिषले दिएको समय अनुसार शुक्रबार बिहान ८ बजे यूट्युबमा सार्वजनिक गरिएको ‘जुनको जुनेली’ बोलको लोक शैलीको गीतमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर छ ।

काठमाडौं जिल्ला अदालतले फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई थप एक हप्ता हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि तीन पटक दुई/दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । बिहीबार भएको बहसको आधारमा निर्माता शाहीलाई अनुसन्धानको लागि थप एक हप्ता म्याद थपिएको निर्माता सुदीप खड्काले जानकारी दिए ।

बलिउडका 'सिंघम' अजय देवगन गाडीका सौखिन मानिन्छन् । उनीसँग कयौं महँगो र लग्जरी गाडी छ । तर, यसपटक उनले त्यो एसयूभी कार किनेका छन्, जुन भारतमा उनीभन्दा अगाडि मात्र अर्बपति मुकेश अम्बानी र टी-सीरीजका मालिक भूषण कुमारसँग छ । अजयले ६ करोड ९५ लाख भारुमा रोल्स रोयस कलिनन कार किनेका छन् ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्ने फिल्मको रिलिज टार्गेट दशैं हुने गरेको छ । ‘छक्का पञ्जा’ को तिनै सिरिजले दशैं विदामा जबरजस्त व्यापार गरेका कारण उनीहरुले अन्य मितिमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन सकेका छैनन् । साम, दाम, दण्ड, भेद जे–जे गरेर हुन्छ फिल्म दशैंमै रिलिज गरेर छाड्छन्, दीपकराज । दीपक-दीपाको समुहलाई ‘छ’ नाम र दशैं निकै फापेको छ ।

