Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अरुन्धती’ को हिन्दी रिमेक गर्दै दीपिका

एजेन्सी, मुम्बई, 2019/11/03
 
गएको वर्ष प्रदर्शनमा आएको निकै विवादित तर ब्लकबस्टर फिल्म ‘पद्मावत’ पछि अभिनेत्री दीपिका पादुकोणले लामो समय कुनै फिल्म साइन गरिनन् । अभिनेता रणवीर सिंहसँग विवाहको लागि उनले डेट्स बचाएर राखेकी थिइन् । विवाहपछि उनले फिल्म ‘छपाक’ को घोषणा गरिन् । उनले यो फिल्मको छायांकन भ्याइसकेकी छन् ।
 
उनको हालैमा नयाँ फिल्म ‘महाभारत’ को पनि घोषणा गरिएको थियो । यसबीच, दीपिकाले अर्को एउटा फिल्म साइन गरेकी छन् । यो एक हरर फिल्म हुनेछ । पहिलो पटक उनले हरर फिल्ममा काम गर्न लागेकी हुन् । फिल्मको नाम ‘अरुन्धती’ जुराइएको छ । यो अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेक हुनेछ । 
 
फिल्मको कहानी एक यस्ती युवतीको हो, जो जीवनमा पहिलो पटक आफू जन्मिएको ठाउँमा जान्छिन् । तब उनलाई आफू निकै हदसम्म जिजु आमाजस्तै देखिन थालेको महशुस हुन्छ । त्यसपछि उनले कालो जादू र तन्त्र मन्त्रको त्यो दुनियाँमा पाइला राख्छिन्, जसले तपाईंलाई थ्रिलर र मिस्ट्रीको एक विल्कुलै अलग सफरमा लिएर जान्छ ।
 
फिल्मको हिन्दी रिमेकको राइट्स खरिद गरिसकिएको छ । फिल्ममा दीपिका पादुकोण ले लिड रोल निभाउनेछिन् । यो फिल्मको बंगाली रिमेक पनि बनिसकेको छ । दीपिकाले हालैमा आफूले चाँडै कुनै डार्क रोमान्टिक फिल्म गर्न लागेको बताएकी थिइन् । उनी चाँडै श्रीमान् तथा अभिनेता रणवीर सिंहको श्रीमतीको रुपमा फिल्म ‘८३’ मा देखिँदैछिन् । 
Most Visited News (monthly)