Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

मंसिरमा लगनगाँठो कस्दै ऋचा, गरिन् ब्याचलर पार्टी

फिल्मीखबर, काठमाडौं, 2019/11/03
विगत एक दशकदेखि अभिनेत्री र निर्मात्रीको रुपमा नेपाली फिल्ममा सक्रिय ऋचा शर्मा यस वर्ष दुलही बन्ने भएकी छन् । लामो समयदेखि दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी उनले आउँदो मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । तर, विवाहको मिति भने सार्वजनिक गरिएको छैन । उनका प्रेमी दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । 
 
ऋचाले घरजम बसाउनु पूर्व आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी छन् । उनले पोखरामा दिएको पार्टीमा अभिनेत्री द्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत उपस्थित थिए । जहाँ प्रियंका र केकी दुलहीझैँ सिंगारिएकी ऋचाको हात समात्दै देखिएका छन् । भने, ऋचा पनि निकै खुसी मुद्रामा देखिएकी छन् । 
 
 
अभिनेत्री ऋचाले केही समयदेखि आफूलाई परिवारबाट विवाहका लागि प्रेसर आइरहेको र अब आफू पनि तयार रहेको बताउँदै आएकी थिइन् । हालसालै उनले विवाहको विषयमा मिडियासँग कुराकानी गर्दै चाँडै प्रेमीलाई कुनै कार्यक्रममार्फत् सार्वजनिक गर्ने उद्घोष गरेकी थिइन् । तर, अहिलेसम्म उनी प्रेमीसँग कुनै सार्वजनिक कार्यक्रममा भेटिएकी छैनन् । 
 
‘भिसा गर्ल’, ‘आधा लभ’, ‘सुनकेसरी’ फिल्मको निर्माण गरिसकेकी ऋचा अहिले टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यसमा उनी निर्णायकको भूमिकामा छिन् । चाँडै उनी फिल्म ‘हिजो आजको कुरा’ नामक फिल्ममा व्यस्त हुँदैछन् । एक दशक लामो फिल्मी करिअरमा हिटभन्दा फ्लप फिल्म बढी दिएकी उनको पछिल्लो रिलिज फिल्म ‘न यता न उता’ हो । 
Most Visited News (monthly)