
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का अभिनीत फिल्म ‘मारुनी’ ले शुक्रबारको तुलानामा शनिबार केही आशातित व्यापार गर्न सफल भएको छ । मल्टीप्लेक्समा साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ को चेपुवामा परेको यो फिल्मले सिंगल स्क्रिनमा भने दर्शकको उल्लेख्य साथ पाएको वितरकको दाबी छ । शनिबार फिल्मले देशैभर हाउसफुल दर्शक पाएको जानकारी प्राप्त छ । फिल्मको व्यापार सिंगल स्क्रिनमा राम्रो छ ।

दुई दशक लामो द्वन्द्व निर्देशकको रुपमा संगालेको अनुभवलाई सर्टिफिकेट मान्दै अष्ट महर्जनले फिल्म निर्देशनमा डेब्यू गरेका छन् । उनको क्याप्टेनसिनमा फिल्म ‘गुञ्जन’ को अहिले पोखराको विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । द्वन्द्व निर्देशकको रुपमा आफूलाई स्थापित गरेका अष्टले यो फिल्म लभस्टोरी जनरामा निर्माण हुने बताएका छन् ।

हास्यकलाकार दीपकराज गिरीलाई केही वर्षयता नेपाली फिल्म क्षेत्र हाँक्ने ड्राइभर भन्न थालिएको छ । उनको समुहले निर्माण गरेको फिल्म आएपछि सुस्ताएको फिल्म बजारमा आगो बाल्छ । टेलिभिजनको स्क्रिनमा आउने लोकप्रिय हास्यसिरियल ‘तितो सत्य’ सधैंका लागि बन्द गरेर दीपकराजले ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बाँस्सै’ मा अभिनय गर्ने सानो पर्दाका स्टारलाई लिएर पहिलो फिल्म ‘६ एकान ६’ निर्माण गरे । त्यसबेला नाम चलेका हाँस्य कलाकारलाई एउटै फिल्ममा लिनु चानचुने कुरा थिएन ।



बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ मा अभिनेता सलमान खानले अभिनेत्री आलिया भट्टसँग रोमान्स गर्ने निश्चित भएको थियो । सेप्टेम्बर अन्तिमबाट छायांकनमा जाने तयारी भइरहँदा आन्तरिक मनमुटावका कारण २० वर्षपछि हुन लागेको भन्साली र सलमानको टिमअप टुटेको छ । तत्कालका लागि यो फिल्मको निर्माण स्थगित भएको छ ।

