Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धुर्मुस सुन्तली’ को ‘सेन्टी भाइरस’ रिलिज कहिले ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/04
 
नेपालमा केही वर्षयता फिल्म फ्लोरमा निस्कनुभन्दा अगाडि नै प्रदर्शन मिति घोषणा गर्ने ट्रेन्ड चलेको छ । ठूला स्टार र गिनेचुनेका ब्यानरका फिल्म प्रदर्शन मिति घोषणा गरेर मात्र फ्लोरमा निस्कने गरेका छन् । निर्माण अगावै प्रदर्शन मिति घोषणा गर्दा एकल रिलिजको सम्भावना बलियो हुने हुँदा मेकरले यो जुक्ति अपनाउने गरेका हुन् । तर, अहिले नेपाली फिल्मका लागि सोलो रिलिज असम्भवझैँ भएको छ । 
 
कलाकारिता हुँदै समाजसेवामा होमिएका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भने पहिलो पटक निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को प्रदर्शन मिति घोषणा गर्न हतारो देखिएको छैन । न फिल्मको निर्माण घोषणामा प्रदर्शन मिति घोषणा गरिएको थियो न त इन्डक्ल्यापमा नै । अहिले यो फिल्म सम्पादन टेवुलमा छ । माटो सुहाउँदो फिल्म बनाउन सिपालु रामबाबु गुरुङले यो फिल्मको निर्देशन गरेका हुन् । 
 
‘सेन्टी भाइरस’ को अब एक गीत खिच्न बाँकी छ । यस्तैमा, निर्माण टिम फिल्मलाई प्रदर्शन गर्नका लागि उपयुक्त मिति खोज्न कस्सिएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, वितरकले फिल्म प्रदर्शनका लागि फागुन ९ र चैत २८ गरि दुईटा डेट दिएका छन् । तर, चैत २८ मा अभिनेता प्रदीप खड्काको फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन लागेका कारण ‘धुर्मुस सुन्तली’ फागुन ९ मा फिल्म ल्याउने मनस्थितिमा छन् । 
 
फागुन ९ मा महाशिवरात्रीको विदा पर्ने भएकाले पनि उनीहरुले अरु डेटमा आँखा डुलाएका छैनन् । तर, यो मितिमा यसअघि नै दुई फिल्म ‘लप्पन छप्पन २’ र ‘साङ्लो’ आउने निश्चित भैसकेको छ । ‘सेन्टी भाइरस’ पनि आएको खण्डमा यस वर्षको शिवरात्रीमा तीन नेपाली फिल्मबीच 'हेविभेट' भिडन्त हुनेछ । ‘सेन्टी भाइरस’ मा ‘धुर्मुस सुन्तली’ स्वयंमको प्रमुख भूमिका छ । अभिनेता दयाहाङ राई अतिथी भूमिकामा छन् । 
Most Visited News (monthly)