Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(52 votes, avg 4.54/5.00)
Text size:-
+
-

‘सेन्टी भाइरस’ फस्टलुक : ‘धुर्मुस’ को यस्तो लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/11/04
 
हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फागुन ९ गते (महाशिवरात्री) लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा सिताराम ढाका टोपीमा ठाटिएर देखिएका छन् । रामबाबु गुरुङले फिल्मको निर्देशन गरेका हुन् । 
 
एक गीत खिच्न बाँकी यस फिल्ममा सितारामका अलावा कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मको सम्पूर्ण दृश्य खिचेका हुन् ।
 
‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’ को सह-निर्मातामा फूर्पा लामा रहेका छन् । 
 
निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् । पहिलो पटक फिल्ममा अभिनेत्रीको रुपमा देखिन लागेकी कुञ्जनाले आफ्नो बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् । यो फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । २ करोडको लागतमा फिल्म बनेको हो । 
Most Visited News (monthly)