Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जानी-जानी नराम्रो फिल्म कहिल्यै बनाइनँ : शाहरुख

एजेन्सी, मुम्बई, 2019/11/04
 
बलिउड सुपरस्टार शाहरुख खानलाई पछिल्लो केही समयदेखि सफलता हात परेको छैन । उनका एकपछि अर्को फिल्म बक्सअफिसमा डिजास्टर सावित भएका छन् । तर, उनी जानी-जानी कहिल्यै खराब फिल्म निर्माण नगरेको बताउँछन् । शनिबार आफ्नो ५४औं जन्मदिनमा शाहरुखले नयाँ फिल्म घोषणा गर्ने अड्कलबाजी खुबै भएको थियो । तर, उनले फिल्म घोषणा गरेनन् । 
 
मुम्बईमा आफ्नो जन्मदिन मनाउँदै उनले भने, ‘धेरैले सोसल मिडियामा लेखेका थिए र मिडियासँग जोडिएका व्यक्तिले अनुमान लगाएका थिए कि मैले आफ्नो जन्मदिनमा नयाँ फिल्मको घोषणा गर्नेछु । मेरो फिल्मको सुन्दरता तपाईंहरुको कारणले हुन्छ । जुन दिन नयाँ फिल्मको घोषणा गर्नेछु त्यो दिन हामी सबैको जन्मदिन हुनेछ ।’ उनले चाँडै नयाँ फिल्मको घोषणा गर्ने बताए ।
 
उनले अगाडि भने, ‘जब म राम्रो फिल्म बनाउँछु तब तपाईंहरु खुसी हुनुहुन्छ । र, जब कुनै नराम्रो फिल्म बनाउँछु तब तपाईंहरुलाई दुःख लाग्छ । म यो कुरा बुझ्छु र यसको सम्मान गर्छु । मैले कहिल्यै जानी-जानी नराम्रो फिल्म बनाउने कोशिश गरिनँ तर जानी-नजानी यस्तै हुनपुग्छ । ठिक त्यसरी नै मैले कहिल्यै राम्रो फिल्म बनाउने पनि कोशिश गरिनँ, तर त्यो भयो ।’ 
 
शाहरुख अभिनीत पछिल्ला फिल्म ‘फ्यान’, ‘रईस’, ‘जब ह्यारी मेट सेजल’ र ‘जीरो’ बक्सअफिसमा असफल भएका थिए । फिल्मबाट ब्रेक लिएको विषयमा उनले भने, ‘मैले चोट लाग्दा लाग्दै पनि फिल्ममा काम गरेको छु । यस्तो कुनै दिन थिएन कि म पूरै ठिक भएर काम गरेको हुँ । यसकारण मैले सोचेँ कि केही समय निकालेर म पूरै ठिक हुन्छ अनि काम गर्छु ।’ 
Most Visited News (monthly)