
म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेका चकलेटी हिरो पल शाहको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ बक्सअफिसमा पत्तासाफ भए पनि उनको डिमान्डमा भने कुनै असर परेको छैन । अहिले उनी सुदर्शन थापाको निर्देशनमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा काम गरिरहेका छन्, जसमा उनको जोडीको रुपमा अभिनेत्री पूजा शर्मा छिन् ।

हत्तपत्त अभिनेत्रीहरु पर्दामा आमाको भूमिका निर्वाहा गर्न डराउँछन् । आमा बनेर अभिनय गर्दा हिरोइन बन्ने अवसर गुम्छ भन्ने सोचाइ उनीहरुमा व्याप्त छ । यसकारण पनि पर्दामा हिरो वा हिरोइनको आमा बन्न डराउँछन् अभिनेत्रीहरु । तर, अभिनेत्री प्रियंका कार्की भने करिअरको मध्यविन्दूमै आमाको रोलमा लगालग व्यस्त हुन थालेकी छिन् ।

नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखरामा चलचित्र पत्रकारिता गर्दै आएका पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ । बुधबारबाट पोखरामा रहेको नेपाल पर्यटन बोर्डमा सुरु भएको कार्यशाला शुक्रबारसम्म चल्नेछ । चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा यो कार्यशाला आयोजना गरेको हो ।

प्रदर्शनरत फिल्म ‘मारुनी’ बाट लोभलाग्दो प्रशंसा बटुलिरहेकी अभिनेत्री साम्राज्ञी आरएल शाहले भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितसँग रोमान्स गरेको फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले वैदेशिक रोजगारीको कथा वाचन गर्ने ट्रेलरले प्रस्ट्याउँछ ।


प्रभास र श्रद्धा कपूरको मल्टीस्टारर फिल्म ‘साहो’ ले बक्सअफिसमा तगडा विजनेश गरिरहेको छ । हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । तर, फिल्मको माउथ पब्लिसिटी निकै कमजोर छ । जसका कारण फिल्म लामो रेसको घोडा बन्न नसक्ने देखिन्छ ।

