Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिरको फिल्ममा सलमान र शाहरुख !

फिल्मीखबर, काठमाण्डौ, 2019/11/08
 
बलिउड फिल्मका तीन ठूला सुपरस्टार सलमान, शाहरुख र आमिर खान एकसाथ फिल्ममा देखिए भने के हुन्छ ? त्यसो त लामो समयदेखि दर्शकहरुले तीन खानलाई एउटै फिल्ममा हेर्ने प्रतिक्षा गरिरहेका छन् । यदी, यो भएको खण्डमा तीन खानका फ्यानलाई एक ट्रीटभन्दा कम हुने छैन । उनीहरु एउटै पर्दामा देखिए फिल्म ‘स्योर सट’ हिट हुने पक्का छ । 
 
फिल्मफेयर्रको एक खबरलाई विश्वास गर्ने हो भने चाँडै सलमान, शाहरुख र आमिर एकसाथ फिल्ममा देखिँदैछन् । फिल्मफेयरले लेखेको छ, ‘आमिर खानको निर्माण र अभिनय रहने फिल्म ‘लाल सिंह चड्ढा’ मा सलमान र शाहरुखको अभिनय रहनेछ ।’ तर, अहिलेसम्म यस विषयमा निर्माण टिमबाट कुनै जानकारी प्राप्त भएको छैन । यो फिल्मको चाँडै छायांकन सुरु हुँदैछ । 
 
सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा आमिर र करीना कपूर मुख्य भूमिकामा देखिँदैछन् । यसअघि दुईले ‘तलास’ र ‘थ्री इडिएट’ मा काम गरेका थिए । फिल्ममा सलमान र शाहरुख विशेष भूमिकामा देखिने बताइएको छ । दुईले निर्वाहा गर्ने चरित्रको फिल्ममा महत्त्वपूर्ण भूमिका रहने फिल्मफेयरले उल्लेख गरेको छ । 
 
शाहरुखले फिल्म गर्ने वचन दिइसकेका छन् । अब, सलमानको प्रतिक्षा भैरहेको छ । उनले पनि फिल्म गर्न मानेको खण्डमा पहिलो पटक बलिउडका तीन खान एकसाथ पर्दामा देखिनेछन् । एकसमय एकअर्काका कट्टर दुश्मन मानिने सलमान, शाहरुख र आमिर केही समययता निकै घनिष्ट छन् । एकअर्कालाई हरेक कुरामा सहयोग गर्ने गरेका छन् ।  
Most Visited News (monthly)