
नेपाली फिल्म क्षेत्रमा कलाकारबीच घनिष्ट मित्रता विरलै देख्न पाइन्छ । देखावटी रुपमा उनीहरुको मित्रता लोभलाग्दो देखिए पनि वास्तविकतामा सम्बन्ध ३६ को आँकडामा हुन्छ । त्यसैले मिडियाको अगाडि प्रगाढ सम्बन्ध देखाउँदैमा वास्तविकता पनि त्यस्तै हुन्छ भन्ने सोच्नु गलत हुनसक्छ । कलाकारको सम्बन्ध मिडियाको क्यामेरा अगाडि र पछाडि फरक-फरक हुने गरेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘लभ यु हमेशा’ को शिर्ष गीत सार्वजनिक भएको छ । कात्तिक २२ गते नेपाल र कात्तिक १५ (नोभेम्बर १) मा भारतमा प्रदर्शन हुने फिल्मको गीतमा अभिनेता यशराज गरच र नव-अभिनेत्री फिजा योन्जन प्रेमिल अवतारमा प्रस्तुत छन् ।


साउथ सुपरस्टार पवन कल्याणको आज (सोमबार) ४८ औं जन्मदिन हो । उनको जन्म २ सेप्टेम्बर १९७१ मा बापतलाको आन्ध्र प्रदेशमा भएको थियो । उनी ती एक्टर्समा सामेल छन्, जसले अभिनयपछि राजनीतिमा कदम राखे र २०१४ मा आफ्नो पार्टी पनि बनाए । पवनले फिल्म इन्डस्ट्रीमा २३ वर्ष विताइसकेका छन् र अहिलेसम्म उनले २३ फिल्म मात्र गरेका छन् ।

‘सिरियल क्विन’ को उपाधि पाएकी अभिनेत्री सरिता लामिछानेले लामो समयपछि फिल्म अभिनयमा कमब्याक गरेकी छन् । उनको प्रमुख भूमिका रहने फिल्म ‘म’ को आइतबारबाट छायांकन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहने फिल्मको ललितपुरको गोदावारीमा अभिनेत्री लामिछाने र डेब्यू व्बाई सन्जोग रसाईलीको शट लिँदै छायांकन सुरु गरिएको हो ।

मौलिक कथामा फिल्म बनाउन कहलिएका निर्देशक रामबाबु गुरुङ र अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काबीच फिल्म ‘बेला’ मा टिमअप हुने निश्चित भएको थियो । फिल्म निर्देशन गर्न रामबाबुले ५० लाख र प्रदीपले ४० लाखको आसपासमा पारिश्रमिक बुझेको चर्चा चलेको थियो । तर, यो फिल्मबाट निर्देशक र अभिनेता दुबैले हात झिकेका छन् ।

