Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘घामड शेरे’ र झमक घिमिरेको बायोपिक हलमा

फिल्मीखबर, काठमाडौं, 2019/11/08
युवापुस्तालाई मनपर्ने प्रेमकथामा फिल्म बनाउन सिपालु मानिने हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ र सहित्यकार झमक घिमिरेको बायोपिक फिल्म ‘जीवन काँडा कि फूल’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छ । यसअघि कात्तिक २२ गते ‘लभ यू हमेशा र सरौतो’ पनि प्रदर्शनमा आउने तयारीमा थिए । तर, ‘घामड शेरे’ कात्तिक ८ गतेबाट हुत्तिएर कात्तिक २२ मा आएपछि दुबै फिल्म तीन हप्ता पछाडि सरे । 
 
दुई हप्ता अगाडि बलिउड फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सोज बाँडेपछि पोस्टपोन्ड भएको ‘घामड शेरे’ ले यसपटक उल्लेख्य सोज पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई २९ सोज प्रदान गरेको छ । अन्य मल्टीप्लेक्समा पनि फिल्मले राम्रो सोज हात पारेको छ । त्यस्तै, फिल्मले देशभर ८० बढी हल पाएको निर्माण टिमले बताएको छ ।
 
स्टारकास्ट नभएका कारण ‘जीवन काँडा कि फूल’ ले भने कुनै मल्टीप्लेक्समा एउटा पनि सोज पाएको छैन । दुई दर्जन बढी सिंगल थिएटरबाट फिल्म प्रदर्शनमा आएको जानकारी प्राप्त छ । विनोद विष्ट निर्देशित फिल्मले साहित्यकार झमक घिमिरेको बाल्यकालदेखि हालसम्मको अरोह-अवरोहलाई प्रस्तुत गरेको छ । झमक स्वंमले लेखेको पुस्तक ‘जीवन काँडा कि फूल’ माथि आधारित भएर यो फिल्म बनेको हो ।
 
 
फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । त्यस्तै, झमकको बहिनीको बहिनीको भूमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायतको अभिनय रहेको ।
 
‘घामड शेरे’ मा भने ‘रियल कपल’ निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । फिल्मको कहानी विदेश रिर्टन्स ‘शेरे’ पात्र (निश्चल बस्नेत) को वरिपरि घुमेको छ, जो गाउँमा तरकारी खेत गर्ने सपना पालेर स्वदेश फर्किन्छ । तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोलालाई नै मुद्धा हाल्छ । के उसले मुद्धा जित्ला ? फिल्मले यसैको जवाफ दिँदै विट मार्छ ।
 
फिल्ममा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । निश्चलको श्रीमतीको भूमिका सुष्मा निरौलाले निभाएकी छन् । बिहीबार दिउँसो गरिएको फिल्मको प्रिमियरमा फिल्मकर्मीले अभिनेता निश्चलको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निर्देशक विसीको निर्देशकिय क्षमताको पनि तारिफ भएको थियो । गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका पनि फिल्ममा अभिनय छ । 
Most Visited News (monthly)