
यस वर्षको बैशाख र जेठमा दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले लोभलाग्दो व्यापार गरे । त्यसपछि नेपाली फिल्मकोे बजार पूरै सुस्ताएको छ । हरेक हप्ताको शुक्रबार नयाँ फिल्म हलमा टुटेका छैनन् । तर, कुनैले नाफाको व्यापार गर्न सकेका छैनन् । निर्माताको करोडौंको लगानी डुबेको डुब्यै छ । आशा गरिएका फिल्मले समेत निराशाजनक नतिजा हात पार्दा फिल्मकर्मी चिन्तित देखिन थालेका छन् ।

कमजोर ‘वर्ड अफ माउथ’ को बावजूद पनि साउथ सुपरस्टार प्रभास अभिनीत ‘साहो’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । पहिलो दिन नै फिल्मले चार भाषामा गरि १०४ करोडको व्यापार गरेको थियो । दोस्रो दिन पनि फिल्मले बक्सअफिसमा पैसाको वर्षात गरेको छ । ट्रेड पण्डितको अनुमान छ कि फिल्मले पहिलो हप्तामा नै कमाईको नयाँ रेकर्ड बनाउन सफल हुनेछ ।

लामो समयदेखि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको प्रेम सम्बन्धको चर्चा चल्दै आएको छ । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ ठूलो पर्दामा डेब्यू गरेका दुईले फिल्म ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि सँगै काम गरेका थिए । उनीहरुले साथमा म्यूजिक भिडियो पनि थुप्रै गरेका छन् । दर्शकले दुईको जोडी निकै रुचाउने गरेको पाइन्छ । त्यसैले त दुईलाई भिडियो र फिल्ममा लिन हानाथाप हुने गर्दछ ।



बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेका कारण चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेत निर्देशित यस फिल्मको प्रिमियरमा सहभागी हुन र प्रचारमा सघाउन सन्नी नेपाल आउने कार्यक्रम छ । उनलाई स्वागत गर्न अहिले निर्माण टिमले विशेष तयारी सुरु गरेको छ । फिल्ममा उनको नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ ।

