Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(103 votes, avg 4.96/5.00)
Text size:-
+
-

‘लिलिबिली’ निर्माता शाही पुनः पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2019/11/07
 
एक समयका हिरो र अहिलेका वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार दिउँसो भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्सको नयाँ शाखामा फिल्म ‘घामड शेरे’ हेर्न पुगेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ ।
 
काठमाडौं जिल्ला अदालतले फिल्म ‘लिलिबिली’ निर्माणको क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि निर्माता शाहीलाई बिहीबार पक्राउ गरिएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए । अदालतले पटक-पटक उपस्थिति हुन गरेको आदेश नमानेपछि जरुरी पक्राउ पूर्जी जारी गरेर उनलाई पक्राउ गरिएको हो । 
 
‘लिलिबिली’ का निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले एक करोड रुपैयाँ हिनामिना गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले उनलाई गएको दुई महिना अगाडि पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि निर्माता शाहीले १४ दिन प्रहरी हिरासतमा विताएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनी बन्दीप्रत्यक्षीकरण रिटमा रिहा भए । 
 
‘लिलिबिली’ निर्माण गर्दाको हिसाब-किताब र हलबाट उठेको रकम नदेखाएको भन्दै गएको वर्ष निर्माता द्वय चाम्स र खड्काले निर्माता शाही विरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका थिए । तर, संघले पटक-पटक छलफलका लागि बोलाउँदा पनि बेवास्था गरेपछि निर्माता शाहीलाई उपाध्यक्ष पदबाटै बर्खास्त गरिएको थियो । त्यसपछि निर्माता द्वय चाम्स र खड्काले प्रहरीमा उजुरी दिएका थिए । 
Most Visited News (monthly)