Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘मिस्टर नेपाली’ बाट आशावादी साहिल र कुसुम

फिल्मीखबर, काठमाण्डौ, 2019/11/11
 
देव भुषालको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिस्टर नेपाली’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता भुवन केसीले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नकारात्मक छ । यो फिल्मबाट दुई कलाकारले फिल्म क्षेत्रमा पाइला राख्दैछन् । 
 
नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । तर, फिल्ममा भुवनको अभिनय रहेका कारण उनीहरुको पर्याप्त चर्चा हुन सकेको छैन । यद्यपि, फिल्मको कथा भने दुईको वरिपरि घुमेको निर्माण टिमले बताएको छ । नयाँ कलाकारलाई डेब्यू फिल्म हिट हुन आवश्यक हुन्छ । 
 
साहिल र कुसुम पनि यो फिल्मबाट दर्शकमाझ चिनिनेमा विश्वस्त छन् । फिल्ममा साहिलले अमेरिकाबाट फर्किएको एक युवकको भूमिका निभाएका छन् । फिल्ममा भुवनसँग उनको टकराव देख्न पाइनेछ । ‘मिस्टर नेपाली’ सफल भएको खण्डमा साहिल र कुसुमको आगामी यात्रा सहज हुनेमा दुईमत छैन ।
 
फिल्मले विदेशमा रहेपनि नेपाली मन फेरिँदैन भन्ने कथालाई उठान गरेको छ । राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज फिल्म भएको निर्देशक भुषाल बताउँछन् । प्रेमराज दाहालले फिल्मको निर्माण गरेका हुन् । 
Most Visited News (monthly)