Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम दिवसमा ‘लभ डायरिज’, गीतमा नाचे ‘ट्वीन्स गर्ल’

फिल्मीखबर, काठमाण्डौ, 2019/11/11
अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । थुप्रै पटक प्रदर्शन मिति हेरफेर भएको यो फिल्म अब आउँदो फागुन २ गतेबाट देशैभर प्रदर्शनमा आउने निर्देशक सौरभ चौधरीले जानकारी दिए । फिल्म प्रेम दिवसकोे मेसोमा प्रदर्शन हुन लागेको हो । यसबीच, फिल्मको एक गीत हालै छायांकन गरिएको छ । 
 
 
पाँचतारे होटल हायातमा आइतबार फिल्मको रोमान्टिक गीत खिचिएको हो । जसमा फिल्मका प्रमुख अभिनेता सुशील र नव-अभिनेत्री रुबिना थापाले ठुम्का लगाएका छन् । भने, दुईलाई ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले साथ दिएका छन् । उनीहरु टिक-टकमा निकै भाइरल छन् । पहिलो पटक ‘ट्वीन्स गर्ल’ ले फिल्मको गीतमा नृत्य गरेका हुन् ।
 
अर्जुन पोखरेल शब्द तथा संगीत रहेको ‘छम छम छम...’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । फिल्ममा सुशील र रुबिनाको अलावा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ ।
 
युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई फिल्ममा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् । फिल्म मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । फिल्ममा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी यो फिल्मलाई लिएर निकै आशावादी देखिएका छन् ।
 
 
‘लभ डायरिज’ मा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ । नायिका थापा फिल्मलाई लिएर निकै उत्साहित छिन् । 
Most Visited News (monthly)