Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

२ दिनमै ‘बाला’ ले उठायो लगानी

फिल्मीखबर, काठमाण्डौ, 2019/11/10
 
आयुष्मान खुराना, यामी गौतम र भूमि पेडनेकर स्टारर फिल्म ‘बाला’ ले बक्सअफिसमा धमाकेदार सुरुवात गरेको छ । बलियो 'वर्ड अफ माउथ' का कारण फिल्मले पहिलो दिनभन्दा दोस्रो दिन कमाईमा उछाल ल्याएका छ । पहिलो दिन १० करोड १५ लाख छापेको फिल्मले दोस्रो दिन १५ करोड ७३ लाख कमाएको छ । फिल्मको दुई दिनले कमाई २५ करोड ८८ लाख पुगेको छ । 
 
फिल्मको कमाईको आँकडा ट्वीटरमार्फत् सार्वजनिक गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले ‘बाला’ ले तीन दिनमा ४० करोडको व्यापार गर्ने अनुमान काटेका छन् । २५ करोडमा निर्माण भएको फिल्मले दुई दिनमै लगानी उठाएको छ । एक हप्तामा फिल्मले सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । फिल्मको कथावस्तु र आयुष्मानको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । 
 
अमर कौशिक निर्देशित फिल्मले तेस्रो दिनमा ४० करोड छापेको खण्डमा आयुष्मानको यो तेस्रो फिल्म हुनेछ, जसले पहिलो विकेन्डमा ४० करोड कमाई गर्नेछ । यसअघि ‘बधाई हो’ र ‘ड्रीम गर्ल’ ले यो जादू बक्सअफिसमा देखाएका थिए । अहिले आयुष्मानलाई बक्सअफिसको हिट मेशिन भन्ने गरिन्छ । उनका एकपछि अर्को फिल्मले जबरजस्त सफलता हात पारिरहेका छन् । 
‘बाला’ को कहानी एक यस्तो व्यक्तिको हो, जो कपाल झर्ने समस्याबाट ग्रसित छ । उसको आधाभन्दा बढी कपाल झरिसकेको छ । कपाल नभएका कारण उसलाई केटीहरुले वास्ता गर्दैनन् र सबैले मजाक डराउँछन् । फिल्म केही इमोशनल छ भने निकै फन्नी छ । आयुष्मान खुराना हरेक पटक फरक फिल्म लिएर आउँछन् । यसपटक पनि निकै फरक फिल्म लिएर आएका छन् । 
Most Visited News (monthly)