
राष्ट्रपतिबाट प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ शुक्रबार साँझ राष्ट्रपति निवासमा एक भव्य कार्यक्रमका बीच गएको तीन वर्ष (०७३, ०७४ र ०७५) देखिको अवार्ड तथा सम्मान एकसाथ प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा वर्ष २०७३ को सर्वोत्कृष्ट फिल्म मिन बहादुर भामको फिल्म 'कालो पोथी' घोषित भएको छ ।

‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक तथा निर्माता विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ को दोस्रो गीत यट्युब रिलिज भएको छ । फिल्ममा समावेश ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रलाहद तिमल्सिना र मिना निरौलाको गायन छ ।

अन्ततः प्रतिक्षाको घडी सकिएको छ । शुक्रबारबाट देशभरका मल्टीप्लेक्स र सिंगल थिएटर सबैतिर फिल्म ‘सानो मन’ प्रदर्शनमा आएको छ । रिलिजपूर्व राम्रो हाइप बनाएको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । म्यूजिकल लभस्टोरी कथामा बनेको फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के केन्द्रिय भूमिकामा छन् । फिल्मको मूल कथा नै दुईको वरिपरि घुमेको छ ।

बिजनेस म्यागजिन 'फोर्ब्स' ले दुनियाँभरमा एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । यसमा भारतबाट बलिउड अभिनेता अक्षय कुमार मात्र परेका छन् । यसपटक यो लिस्टबाट अभिनेता सलमान खान बाहिरिएका छन् । यसअघि सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको सूचीमा बलिउडबाट सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमार पर्ने परेका थिए ।

आफ्नो होम प्रोडक्सनको ब्यानरमा बनेका पछिल्ला फिल्मको आफैंले क्याप्टेनसिप सम्हाल्दै आएकी एक समयकी ‘नम्बर वान’ अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को छैटौं फिल्ममा निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई राणालाई अनुबन्ध गरेकी छन् । शुक्रबार परेको रेनशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ फिल्ममा उनलाई निर्देशकको रुपमा भित्राएकी हुन् ।

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि कुनै नेपाली फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । हलिउड फिल्म 'स्पाइडर म्यान' र गएको तीन हप्तादेखि बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म 'कबीर सिंह' ले नेपालका मल्टीप्लेक्स कब्जा गरेका छन् । तर, हरेक हप्ताको शुक्रबार प्रदर्शनमा आउने नेपाली फिल्मले भने हलमा दर्शक तान्न सकेका छैनन् ।

