Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ५’ हिरोको ‘१२ सत्ताइस’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/11/13
गत वर्ष प्रदर्शनमा आएको विकासराज आचार्य निर्देशित सुपरहिट फिल्म ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा डेब्यू गरेका अभिनेता अभिषेक नेपाल अभिनीत दोस्रो फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा फिल्म आधारित छ । 
 
 
फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनी स्वयंले लेखेका हुन् । फिल्ममा अभिनेता नेपालसँगै समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारहरुको अभिनय छ । रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानीमा फिल्म बनेको हो । 
 
आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक योञ्जन बताउँछन् । बुधबार राजधानीमा आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘उत्कृष्ट फिल्म बनाउन स्टारकास्ट चाहिन्छ भन्ने छैन । कथा र पात्र सबल भएमा फिल्म राम्रो बन्छ । ‘१२ सत्ताइस’ ले दर्शकको मन जित्नेमा ढुक्क छौं ।’ 
 
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा बनेको फिल्मको सह-निर्माता गौतम शाह रहेका छन् । फिल्ममा दीपक आर्जेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । अभिनेता अभिषेक नेपालले ‘१२ सत्ताइस’ राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरे । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)