Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9325 - 9330 of 23756
फिल्मीखबर, काठमाण्डौ, 2019-07-15, सोमवार
एजेन्सी, मुम्बई, 2019-07-15, सोमवार

बलिउडका दुई एक्सन सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ को अफिसियल टीजर सार्वजनिक भएको छ । ‘टू हिरोज वान वार’ को ट्यागलाइनसहित निर्माण कम्पनी यशराज फिल्‍म्सले सार्वजनिक गरेको फिल्मको ५३ सेकेण्डको टीजरमा ऋतिक र टाइगरबीच घमासान युद्ध देखाइएको छ । दुईसँगै टीजरको एक दृश्यमा अभिनेत्री वाणी कपूर पनि देखिएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-15, सोमवार

नेपालमा हरर जनरा फ्लप मानिन्छ । किनकि, आजसम्म नेपालमा बनेका कुनै हरर जनराका फिल्मले न दर्शक सन्तुष्ट बनाउन सकेका छन् न त राम्रो पैसा छाप्न नै । यसकारण पनि हत्तपत्त यो जनरामा फिल्म बनाउने जोखिम उठाउँदैनन्, निर्माताहरु । तर, निर्देशक अर्पण थापा भने दोस्रो पटक हरर जनराको फिल्म लिएर आउँदैछन्, ‘घर’ । यो फिल्म साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मका लेखक, कलाकार तथा निर्देशक अर्पण स्वयं हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-15, सोमवार

सधैं सफाचट भएर हिँड्न रुचाउने नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसीलाई केही दिनयता हल्का फुलेको दाह्री र जुँगामा देख्न सकिन्छ । जीवनमा कहिल्यै जुँगा नकाटेका उनलाई दाह्रीमा भने यसअघि निकै कम देखिएको थियो । धेरैले उनले फुलेको दाह्री सजाउनुको रहस्य जान्न चाहेका छन् । उमेरले ५० नाघे पनि अझै ३०-३२ वर्षको जवान लाग्ने उनले कतै अब आफू बुढ्यौलीतिर ढल्किँदै गएको देखाउन त खोजेका होइनन् ? धेरैलाई चासोको विषय बनेको छ । 

फिल्मीखबर, काठमाडौं, 2019-07-14, आईतवार

नेपाली फिल्ममा राम्रो दबदबा बनाएको समयमा अभिनेता रमित ढुंगानासँग अनस्क्रिन रोमान्स गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । त्यसबेला उनीसँग काम गरेपछि करिअरले गति लिने विश्वास व्याप्त थियो । तर, अहिले उनको जोडी बन्न चिनिएका अनुहार त टाढाको कुरा नयाँ युवती समेत हत्तपत्त तयार हुँदैन । किनकि, पछिल्लो समय रमितको क्रेज शून्य बराबर छ । जसकारण उनीसँग काम गरेपछि करिअर सम्हालिने भन्दा भत्किने पिरलो बढी हुन्छ ।

एजेन्सी, मुम्बई, 2019-07-14, आईतवार

अभिनेता शाहिद कपूरको ब्लकबस्टर फिल्म ‘कबीर सिंह’ को क्रेज कम हुने अझैसम्म कुनै संकेत देखिएको छैन । 'उरी' र 'भारत' भन्दा सबैभन्दा धेरै कमाउँदै बलिउडको सबैभन्दा ठूलो फिल्म साबित भएको यसले भारतमा मात्र २ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । शुक्रबार रिलिज भएको ऋतिक रोशनकोे फिल्म 'सुपर ३०' ले समेत यो फिल्मलाई खासै असर गरेको छैन ।

Results : 9325 - 9330 of 23756
Most Visited News (monthly)