Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘कबड्डी ३’ पछि उपासनाको फिल्म कुन ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/13
अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेपछि अभिनेत्रीको भाग्य बल्छ भनिन्छ । अभिनेत्री उपासना सिंह ठकुरीलाई हेर्ने हो भने यो सत्य लाग्छ । गत वर्षको फागुनमा आएको फिल्म ‘क्याप्टेन’ मा उनले अनमोलसँग रोमान्स गरेकी थिइन् । फिल्म बक्सअफिसमा नाफाको व्यापार गर्न नसकेपनि उनको अभिनयको निकै सराहना भयो । 
 
फिल्ममा गाउँले युवतीको भूमिकामा गरेको स्वभाविक अभिनयले उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरियो । धेरैले उनलाई नेपाली फिल्म क्षेत्रको उदाउँदो नक्षत्रको रुपमा लिएका छन् । यो फिल्मपछि उनलाई फिल्ममा लिन चाहने मेकरको भीड ठूलो छ । यसबीच, उनले दोस्रो फिल्मको रुपमा ‘कबड्डी ३’ गरिन् । जसले उनको करिअर पुनः उचाईमा पुर्‍याएको छ । 
 
 
असोज ३ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार राजधानीका पाँच हलमा प्रदर्र्शनको ५१औं दिन मनाएका छ । भने, फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा पारेको छ । यो फिल्म बक्सअफिसमा ब्लकबस्टर मात्र साबित भएन, उपासनाको अभिनय पनि मुक्तकण्ठले प्रशंसा भयो । उनले करिअरको सुरुवातमा पाएको यो सफलता साँच्चै लोभलाग्दो छ । 
 
‘कबड्डी ३’ पछि अभिनेत्री उपासनाको फिल्ममा माग चुलिएको छ । तर, उनले तत्काल कुनै नयाँ फिल्म साइन गरेकी छैनन् । दुई फिल्मले दिलाएको सफलता र आफूप्रति दर्शकको विश्वास जोगाउन अब उनले फिल्म छनोटमा निकै सजगता उपनाउनु पर्नेहुन्छ । फिल्म आफ्नै काँधमा बोक्ने अभिनेत्रीको रुपमा हेरिएको उपासनालाई नेपाली फिल्ममा लामो यात्रा तय गर्न कम चुनौतीपूर्ण छैन । 
 
दुई फिल्मबाटै शहरिया युवापुस्तामा गजबको फ्यान फलोइंग बनाएकी उनले तेस्रो फिल्मको रुपमा कुन चयन गर्नेछिन् ? धेरैलाई कौतुहलताको विषय बनेको छ । तर, ‘कबड्डी ३’ रिलिजको २ महिनासम्म पनि उनले नयाँ फिल्म साइन गर्ने छाँटकाँट देखिएको छैन । ठूलो ब्यानरको प्रतिक्षामा रहेकी हुन् वा राम्रो स्क्रिप्टको, त्यो उनै जान्दछिन् । आशा गरौं, उनले फिल्म ढिला छाने पनि कडा छान्नेछिन् । 
Most Visited News (monthly)