Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘बच्चन पाण्डे’ मा अक्षय र कृतिको जोडी

एजेन्सी, मुम्बई, 2019/11/13
 
बलिउड सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म ‘बच्चन पाण्डे’ मा अभिनेत्री कृति सेननको प्रवेश भएको छ । यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुँदैछ । यसअघि कृतिले अक्षयसँग फिल्म ‘हाउसफुल ४’ मा काम गरेकी थिइन् । दोस्रो पटक यो जोडीलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । 
 
कृतिलाई फिल्ममा स्वागत गर्दै प्रोडक्शन कम्पनी नाडियाडवाला ग्रान्डसनको आधिकारिक एकाउन्टबाट गरिएको ट्वीटमा भनिएको छ, ‘हामी अत्यन्त खुसी भएका छौं कि कृतिले हाम्रो क्रिसमस अझ राम्रो बनाउनेछिन् । एनजीइएफ परिवारमा ‘बच्चन पाण्डे’ सँगै तिमीलाई एकपटक फेरि स्वागत छ ।’ 
 
‘बच्चन पाण्डे’ मा अनुबन्ध भएपछि कृतिले फेरि एकपटक अक्षय र निर्देशक फरहाद समजीसँग काम गर्नका लागि आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘यो रीयूनियनका लागि उत्साहित र रोमान्चित छु । यो क्रिसमस सानदार हुनेवाला छ । ‘बच्चन पाण्डे’ मा काम गर्नका लागि प्रतिक्षा गर्न सकेको छैन ।’ 
 
निर्देशक फरहाद समजीले यसअघि ‘हाउसफुल ४’ निर्देशन गरेका थिए । ‘बच्चन पाण्डे’ को फस्टलुक रिलिज भैसकेको छ । जहाँ अक्षय कुमार मात्र फिचर्ड छन् । यो फिल्म तमिल सुपरस्टार अजीत कुमारको ब्लकबस्टर फिल्म ‘वीरम’ को हिन्दी रिमेक हो । अक्षय र नाडियाडवालाको यो दोस्रो सहकार्य हो । 
Most Visited News (monthly)