Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र विराजको एउटै बोली- ‘फेरि टिमअप हुनसक्छ’

फिल्मीखबर, काठमाडौं, 2019/11/22
शुक्रबारबाट अभिनेता आर्यन सिग्देल अभिनीत फिल्म ‘च च हुई’ देशभर प्रदर्शनमा आएको छ । साम्तेन भुटिया निर्देशित फिल्ममा मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय छ । फिल्मका निर्माता अमृत घोले हुन् । जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ ।
 
शुक्रबार बिहान बानेश्वरको ‘वान सिनेमाज्’ मा फिल्मको विशेष शो राखिएको थियो । जहाँ पत्रकार र फिल्मकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेर्न अभिनेता विराज भट्ट, सलोन बस्नेत, आमेष भण्डारी, हाँस्य कलाकारद्वय केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनियालगायत पुगेका थिए । 
 
दशक अगाडि अभिनेता आर्यनसँग फिल्म ‘किस्मत’ मा सँगै काम गरेका अभिनेता विराजले ‘च च हुई’ निकै राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने- ‘फिल्म हेरुन्जेल रमाइलो छ । मलाई सबैभन्दा कमेडी पञ्च मनपर्‍यो । साथै, सबै कलाकारहरुले उम्दा अभिनय गरेका छन् । दर्शकलाई फिल्मले निराश बनाउँदैन ।’ विशेषगरि उनले अभिनेता आर्यनको अभिनयको प्रशंसा गरे । 
 
 
आर्यन आफ्नो मनपर्ने अभिनेता बताउँदै उनले अगाडि भने- ‘आर्यनको डेब्यू फिल्म ‘किस्मत’ मा हामीले एकसाथ काम गरेका थियौं । त्यसबेला ऊ नयाँ भए पनि एकदमै राम्रो काम गरेको थियो । अहिले उसको अभिनयमा अझ धेरै परिपक्वता आएको महशुस गरेँ ।’ उनको छेवैमा रहेका अभिनेता आर्यनले पनि आफ्नो सबैभन्दा मनपर्ने अभिनेता विराज भट्ट रहेको खुलाए । 
 
आफूहरु एकअर्कासँग निकै मिल्ने बताउँदै उनले अभिनेता भट्टलाई नयाँ फिल्म ‘साङ्लो’ का लागि शुभकामना दिँदै पुनः सहकार्यको सम्भावनाबारे भने, ‘विराज दाईसँग फेरि टिमअप हुनसक्छ । हामी दुबै कमर्शियल जनरा मन पराउँछौं । राम्रो स्क्रिप्टबाट अफर आए टाइअप हुन्छ ।’ ‘साङ्लो’ का लागि विराज भट्टले गरेको मेहेनतको आफूले धेरै तारिफ सुनेको उनले बताए । 
विराज पनि आर्यनसँग टिमअपको सम्भावना रहेको बताउँछन् । तर, त्यसका लागि राम्रो कथावस्तुको चाहिने उनको कथन छ । आर्यनको कुन गुण तपाईं आफूमा पाउनुहुन्न ? पत्रकारको प्रश्नमा विराजले भने- ‘ऊ एकदमै राम्रो रोमान्स गर्छ । र, उसलाई त्यो सुहाउँछ पनि । त्यो गुण ममा छैन ।’ आर्यन भने आफू कहिल्यै विराज भट्टको जस्तो एक्सन गर्न नसक्ने बताउँछन् । 
Most Visited News (monthly)