Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

अनुलाई नलागेको ‘लक’

फिल्मीखबर, काठमाडौं, 2019/11/21
 
दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘द युगदेखि युगसम्म’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री अनु शाह अहिले फिल्मप्रेमी दर्शकमाझ विरानो अनुहारझैँ भएकी छन् । उनी अभिनीत भिडियो टिभी र युट्युबमा हप्तैपिच्छे रिलिज भए पनि फिल्म भने आउनै छाडेका छन् । एकपछि अर्को फिल्मले बक्सअफिसमा बेहोरेको असफलताका कारण उनको करिअरले गति लिन सकेको छैन । 
 
५ सयभन्दा बढीको संख्यामा भिडियोमा काम गरिसकेकी अनुले फिल्म पनि थोरै गरेकी छैनन् । ‘नागरिक’, ‘भैरव’, ‘बाजिगर’, ‘लक्ष्य’, ‘ठेगाना’ लगायतका फिल्ममा उनले आफ्नो अभिनय देखाइसकेकी छन् । तर, यीमध्ये अभिनेता निखिल उप्रेतीको कमब्याक फिल्म ‘भैरव’ ले मात्र बक्सअफिसमा सफलता हात पार्‍यो । अरु कुनै फिल्मले निर्मातालाई टाँट हुनबाट बचाएनन् । 
 
‘भैरव’ सफल भए पनि अनुले ‘क्रेडिट’ भने पाइनन् । फिल्ममा चरित्र र अभिनय बलियो नहुँदा उनको खासै चर्चा भएन । यद्यपि, यो फिल्मले उनको डुब्न लागेको करिअरलाई केही हदसम्म बचाउन भने सफल भयो । तर, यसपछि उनले फिल्म छनोटमा गरेको हेलचेक्राइले करिअर उभो लाग्न दिएन । अहिले उनको हातमा फिल्म नभएको चर्चा छ । भिडियो पनि पहिलाजस्तो पाएकी छैनन् । 
उनको पछिल्लो फिल्म ‘पसिना’ हो । तर, यो फिल्मले बक्सअफिसमा पैसाको असिना वर्षाउन सकेन । यसपछि उनी पर्दाबाट गायबजस्तै छिन् । अचेल अनु अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । बजारमा दुईले कागजी विवाह गरिसकेको चर्चा छ । तर, यो कुरा दुबै नकार्छन् । खैर, फिल्ममा ‘लक’ नलागे पनि सविनसँगको प्रेम सम्बन्ध चाहिँ सफल रहोस्, अनुलाई शुभकामना । 
Most Visited News (monthly)