
अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेम चर्चाका कारण लामो समयदेखि मिडियाको लाइमलाइटमा छन् । अब चाँडै उनीहरु बैबाहिक जीवनमा बाँधिन सक्नेछन् । पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि दुईले प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा रहेको भारतीय मिडियाले बताएका छन् । यही फिल्मको सेटबाट उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

फिल्मका विभिन्न विधामा औपचारिक शिक्षा दिँदै आएको अस्कर कलेज अफ फिल्म स्टडिजले एक दिनका लागि सर्वसाधारणलाई पनि फिल्म निर्माणका मुख्य विधामा जानकारी गराउने भएको छ । आउँदो शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा उक्त कलेजजमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकहरुलाई फिल्म निर्माण सम्बिन्ध जानकारी गराउन लागिएको हो ।

फिल्म ‘किस्मत’ ले अभिनेता आर्यन सिग्देलको किस्मत चम्काएको थियो । यो उनको डेब्यू फिल्म थियो । यसपछि उनको करिअरको ग्राफ करीब एक दशक आरोलो झरेन । सुदर्शन थापा निर्देशित फिल्म ‘मेरो एउटा साथी छ’ ले उनलाई स्टारडम थप उत्कर्षमा पुर्याएको थियो । दिनेश राउत निर्देशित फिल्म ‘क्लासिक’ रिलिजसम्म उनको चार्म र स्टारडममा कुनै कमी आएन ।

असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत इन्टरनेट रिलिज भएको छ । र्याप शैलीमा तयार पारिएको गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा फिचर्ड छन्, र्यापरको भूमिकामा । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् । गीतका निर्देशक विजु कर्माचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो ।

अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माण भुवन केसीले गर्नेछन् ।

बलिउड अभिनेत्री एक्ट्रेस कंगना रनौत आफ्नो विवादित बयानका कारण चर्चामा आउने गरेकी छन् । उनी आफ्नो फिल्म ‘मणिकर्णिका’ लाई बलिउडमा नरुचाएपछि निकै रिसाएकी थिइन् र फिल्म रिलिजपछि सेलिब्रेटीमाथि धावा बोल्न थालिन् । तीनपटक राष्ट्रिय अवार्ड जितिसकेकी उनले बलिउडमा प्रतिभाको कुनै महत्त्व नभएको बताएकी छन् ।

