Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9193 - 9198 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-10-15, मंगलवार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले सोमबार राजधानीमा आयोजना गरेको छैठौं ‘इनास फिल्म अवार्ड’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट घोषित भएका छन् । फिल्म ‘प्रसाद’ बाट विपिनले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमाले ‘बुलबुल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । ११ विधामा बाँडिएको ‘इनास अवार्ड’ मा उत्कृष्ट फिल्मको अवार्ड पनि ‘बुलबुल’ ले नै हात पार्‍यो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-10-15, मंगलवार

आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३३ सेकेण्ड लम्बाईको ट्रेलरमा फिल्मकी लिड अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलर हेर्दा एक्सन प्रेमी दर्शकलाई फिल्मले रिझाउन सक्ने देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2019-10-15, मंगलवार

फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड चुमेपछि चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्काको नयाँ फिल्म ‘घामड शेरे’ आउँदो कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनले पहिलो पटक श्रीमान् निश्चल बस्नेतसँग अनस्क्रिन रोमान्स गरेकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-10-14, सोमवार

कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’ ले मुस्लिम समुदायसँग क्षमायाचना गरेको छ । केही हप्ता अगाडि सार्वजनिक ट्रेलर जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको भएको भन्दै असोज २५ गते नेपाल मुस्लिम संघले फिल्मको निर्माण कम्पनी एच एण्ड वि फिल्मस्लाई पत्रचार गरेको थियो । 

एजेन्सी, मुम्बई, 2019-10-14, सोमवार

यस वर्षको ब्लकबस्टर फिल्म ‘कबीर सिंह’ पछि कुनै फिल्ममा अनुबन्ध नभएका अभिनेता शाहिद कपूरको नयाँ फिल्मको औपचारिक निर्माण घोषणा भएको छ । उनले पुनः तेलुगू फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा लिड रोल प्ले गर्ने भएका छन् । यो फिल्म यस वर्षको २८ अगस्टमा प्रदर्शनमा आएको थियो । उक्त फिल्मका लागि शाहिदले ठूलो रकम बुझेको बताइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-10-14, सोमवार

निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘घामड शेरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवकको भूमिकामा छन् । उनी विदेशमा कमाएको पैसाले किनेको खेतमा तरकारी खेती गर्ने योजना बनाएर गाउँ फर्किन्छन् । 

Results : 9193 - 9198 of 24024
Most Visited News (monthly)