Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दबंग ४’ का लागि तयार छु : सलमान

एजेन्सी, मुम्बई, 2019/12/15
 
बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘दबंग ३’ प्रदर्शनको पखाईमा छ । फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । यसबीच, सलमानले ‘दबंग ४’ लाई लिएर ठूलो बयान दिएका छन् । उनले आफू ‘दबंग’ को चौथो श्रृंखलाका लागि पनि तयार रहेको बताएका छन् । प्रभु देवा निर्देशित फिल्म ‘दबंग ३’ रिलिजपछि चौथो श्रृंखलाको तयारीमा जुट्ने उनको भनाई छ । 
 
उनले भनेका छन्, ‘दबंग ३’ पछि ‘दबंग ४’ को तयारीमा जुट्ने छौं ।’ ‘दबंग’ को प्रिक्वेल हो  ‘दबंग ३’ । यो फिल्ममा चुलबुल पान्डे र रज्जोलाई त्यो समयको देखाइनेछ, जब उनीहरु कम उमेरका थिए । कम उमेरकी रज्जोको भूमिका सई मान्जरेकरले निभाएकी छन् । उनले ‘दबंग ३’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । रिलिज अगावै उनको सुन्दरताको निकै चर्चा भैरहेको छ ।
 
‘दबंग’ को प्रिक्वेलको आइडियाबारे अभिनेता सलमानले भनेका छन्, ‘कहिले काहिँ एक फिल्मले तपाईंलाई अघिल्लो फिल्मका लागि आइडिया दिने गर्छ । ‘दबंग ३’ मा हामी रज्जोका पिता जड्याह कसरी बने र चुलबुलको रज्जोसँग कसरी भेट भएको थियो भन्ने देखाउँदैछौं । फिल्म हेरेपछि थाहा हुन्छ कि कहाँबाट कहाँ निस्कियौं हामी ।’ ‘दबंग ३’ को कथा सलमान स्वयंले लेखेका हुन् । 
 
‘दबंग ३’ मा विनोद खन्नाका भाई प्रमोद खन्ना सलमान उर्फ फिल्मका चुलबुल पाण्डेको पिताको भूमिकामा देखिनेछन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । २० डिसेम्बरमा प्रदर्शनमा आउन लागेको फिल्मलाई अरबाज खानले निर्माण गरेका हुन् । ‘दबंग’ को दोस्रो पार्ट सन् २०१२ मा आएको थियो । फिल्मको गीतसंगीत अहिले चर्चामा छ ।
Most Visited News (monthly)