Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

चलचित्र निर्देशक समाजको अध्यक्षमा राणा विजयी

फिल्मीखबर, काठमाडौं, 2019/12/14
शनिबार भएको अधिवेशनबाट चलचित्र निर्देशक समाजको रक्षा सिंह राणाको नेतृत्वमा आएको छ । निकटतम प्रतिद्वन्दी सुचित्रा श्रेष्ठलाई एक मतले उछिन्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् । चलचित्र विकास बोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो ।
 
तीन वर्षे कार्यकालका लागि निर्देशक समाजको अध्यक्ष पदमा विजयी भएकी राणाले ४५ मत प्राप्त गर्दा श्रेष्ठ (निवर्तमान अध्यक्ष) ले ४४ मत प्राप्त गरिन् ।  त्यस्तै, अध्यक्षका अन्य प्रत्यासीहरु लक्ष्मण रिजाल र शेखर खनालले क्रमश: १९ र ३ मत प्राप्त गरे ।
 
 
उपाध्यक्षमा ५८ मतसहित राजु अधिकारी र ६२ मत प्राप्त गरेर राजेन्द्र कुमार उप्रेती विजयी हुँदा उपाध्यक्षका अन्य दुई प्रत्यासीहरु विजय रत्न तुलाधरले ५७ मत प्राप्त गरे भने आर.बि.के शरदले २१ मत पाए । त्यस्तै, महासचिवमा जनकदीप पराजुलीले विजयी हासिल गरेका छन् ।
 
पराजुलीले ६१ मत प्राप्त गर्दा महासचिव पदका अन्य दुई प्रत्यासीहरु समीर बलामी र दिनेश लिंगदेनले क्रमशः ४० र ११ मत प्राप्त गरेका थिए । सचिव पदमा भने ५९ मत ल्याएर अरुण कुमार प्रधान विजयी बन्न सफल भएका छन् । उनका प्रतिद्वन्दी जनक खड्का र बिश्वमणी घिमिरेले क्रमशः ३६ र १७ मत प्राप्त गरे ।
 
 
कोषाध्यक्ष, सह-कोषाध्यक्ष र सदस्यहरु भने निर्विरोध रहे । कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा हरी सिलवाल चयन हुँदा सदस्यतर्फ किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे र नविन अवाल निर्विरोध निर्वाचित भए । त्यस्तै, थमन सिंह पुर्जा र सुरेश न्यौपाने मुख्य सहायक निर्देशकमा चयन भएका छन् ।
 
नव-निर्वाचित कार्यसमितिलाई फिल्मीखबर डटकमको तर्फबाट हार्दिक बधाई ।
Most Visited News (monthly)