

जब फिल्म प्रदर्शनको संघारमा हुन्छ तब बेपत्ता हुने नेपाली कलाकारको पुरानै रोग हो । प्रचारको समयमा कलाकारले साथ नदिँदा निर्माता/निर्देशकले हैरानी खेप्नु परेका उदाहरण फिल्म क्षेत्रमा बग्रेल्ती छन् । प्रचारमा निर्देशक र निर्माता हिँँडेर हुँदैन । दर्शकमाझ फिल्मको जानकारी पुर्याउन कलाकारले मात्र सक्छन् । तर, कलाकारले नै प्रचारमा बेवास्ता गर्दा निर्माताको करोडौंको लगानी बालुवामा पानी हालेझैँ भइरहेको छ ।

अभिनेता सिद्धार्थ मल्होत्राले सन् २०१२ मा आएको फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट बलिउडमा डेब्यू गरे । यो फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । तर, केही वर्षयता उनले निकै मुश्किलको सामना गर्नुपरेको छ । उनका एकपछि अर्को फिल्म बक्सअफिसमा असफल भइरहेका छन् । ‘बार बार देखो’, ‘ए जेन्टलम्यान’ र ‘अय्यारी’ बक्सअफिसमा पत्तासाफ भए ।

भाद्र २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘सोच’ को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाको प्रेममा आउने उचारचढाव देखाइएको छ । नव-नायक पुजन सिंहको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

नेपालमा नेपाली फिल्म चारवटा मुख्य पर्व (दशैं, तिहार, तीज र नयाँ वर्ष) बाहेक अरू बेला शुक्रबार मात्र रिलिज गर्न पाइने नियम छ । तर, मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ भने रक्षा बन्धनको अवसरमा बिहीबारबाटै प्रदर्शनमा आएको छ । यसअघि चलचित्र विकास बोर्डले शुक्रबार मात्रै प्रदर्शन गर्ने पर्ने अडान राख्दा संसारभर बुधबार प्रदर्शनमा आएको बलिउड फिल्म ‘कलंक’ नेपालमा शुक्रबार मात्र लाग्यो । नेपाली फिल्मलाई भने बोर्डले अंकुश लगाउन सकेन ।

नेपालमा महिला केन्द्रित फिल्म निकै न्यून संख्यामा निर्माण हुने गरेका छन् । निर्माण भएका फिल्मले पनि राम्रो व्यापार गर्न नसकेका उदाहरण छन् । यसकारण पनि यस प्रकारको फिल्म निर्माण गर्न मेकरले हत्तपत्त जोखिम उठाउन चाहेको देखिँदैन । यद्यपि, वर्षमा एक दुईटा वुमन सेन्ट्रिक फिल्म बन्ने गरेका छन् । आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जाइरा’ लाई महिला केन्द्रित फिल्म भनिएको छ ।

