Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भएन ‘मर्दानी २’ को अपेक्षाकृत ओपनिङ

एजेन्सी, मुम्बई, 2019/12/14
 
बलिउड अभिनेत्री रानी मुखर्जीले एकपटक फेरि सिल्भर स्क्रिनमा दमदार अन्दाजमा कमब्याक गरेकी छन् । उनको नयाँ फिल्म ‘मर्दानी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । वास्तविक घटनामा आधारित भएर निर्माण भएको फिल्ममा रानीले एक निडर पुलिस अफिसरको भूमिका निभाएकी छन् । जो एक रेपिस्ट-सिरियल किलरलाई खोजीमा छिन् ।
 
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पहिलो दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । पहिलो दिन फिल्मले ३ करोड ८० लाखको विजनेश गरेको छ । अपेक्षाकृत ओपनिङ गर्न नसकेको फिल्मको विषयवस्तुलाई भने दर्शक र समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । यसलाई ‘मर्दानी’ को अघिल्लो पार्टभन्दा दमदार र थ्रिलिङ बताइएको छ । 
 
अपेक्षाभन्दा कमजोर ओपनिङ गरे पनि ‘मर्दानी २’ बाट अभिनेत्री रानीले आफ्नै फिल्म ‘मर्दानी’ को अघिल्लो पार्ट र ‘हिचकी’ को रेकर्ड तोडेकी छन् । ‘मर्दानी’ ले पहिलो दिन ३ करोड ४६ लाखको व्यापार गरेको थियो । भने, ‘हिचकी’ ले पहिलो दिन ३ करोड ३२ लाख छापेको थियो । यशराज ब्यानरमा बनेको ‘मर्दानी २’ लाई गोपी पुत्रनले निर्देशन गरेका हुन् । 
 
रानीका श्रीमान् आदित्य चोपडाले फिल्मको निर्माण गरेका हुन् । एक समय लभस्टोरी फिल्ममा निकै डिमान्डेड अभिनेत्री रानी अहिले कन्टेन्टमाथि काम गर्न थालेकी छन् । उनको पछिल्लो रिलिज फिल्म ‘हिचकी’ हो । अर्को हप्ता अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिज हुन लागेका कारण ‘मर्दानी २’ लाई यो हप्तामै लगानी उठाउनु पर्ने चुनौती छ ।
Most Visited News (monthly)