Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9181 - 9186 of 23756
फिल्मीखबर, काठमाण्डौ, 2019-08-14, बुधवार

साउथ सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’ लाई लिएर दर्शकमा जबरजस्त क्रेज छ । ३० अगष्टमा यो फिल्म प्रदर्शनमा आउँदैछ । फिल्मको भिएफएक्स, स्टन्ट सिन, फाइट सिक्वेन्स गजब छ । एक्सनले भरिएको फिल्मको बजेट ३ सय ५० करोड बताइएको छ । प्राप्त जानकारी अनुसार, यो फिल्मले रिलिज अगावै लगभग लगानी सुरक्षित गरिसकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-14, बुधवार

गएको २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो, ‘लप्पन छप्पन’ । बक्सअफिसमा औसत व्यापार गरेको यो फिल्मको अहिले सिक्वेल बनिरहेको छ । फिल्मको हाल यूरोपको विभिन्न स्थानमा छायांकन भइरहेको छ । मुकुन्द्र भट्टले क्याप्टेनसिप सम्हालेको फिल्मलाई ‘डेन्जरस गेम’ भनिएको छ । आउँदो शिवरात्रीको छेको अर्थात् फागुन ९ मा फिल्म प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-08-14, बुधवार

अभिनेता सलोन बस्नेतमा जीवन्त अभिनय पस्कने खुबी छ । अहिलेसम्म भूमिकामा खासै भिन्नता दिन नसके पनि उनको अभिनय सधैं उम्दा हुन्छ । पर्दामा चुलबुले भूमिकामा निकै रुचाइएका उनी जुन फिल्ममा काम गर्छन् तारिफ आफ्नो पोल्टामा पारेकै हुन्छन् । फिल्ममा उनी भएपछि लिड हिरोलाई समेत लाल्टिन बालेर खोज्नु पर्ने हुन्छ । ‘ए मेरो हजुर २’, ‘गाजलु’ यसका उदाहरण हुन् । 

फिल्मीखबर, काठमाडौं, 2019-08-14, बुधवार

नेपालमा निर्देशक र कलाकारको सम्बन्ध खासै दिगो भएको देखिएको छैन । प्रायः पहिलो सहकार्य नै अन्तिम हुने गरेका छन् । कति कलाकार निर्देशकको काम गर्ने शैली र व्यबहारबाट आजित भएर पुनः सहकार्य नगर्ने गरि टाढिन्छन् । भने, कति निर्देशक कलाकारको अहमताका कारण दोहोर्‍याएर काम गर्दैनन् । पुरानो दुश्मनी भुलेर पुनः सहकार्यको हात अगाडि बढाएका उदाहरण हुँदै नभएका भने होइनन् । तर, निकै कम छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-08-13, मंगलवार
फिल्म निर्माण गर्नु अगाडि चलचित्र विकास बोर्डमा दर्ता गर्नुपर्ने प्रावधान छ । बोर्डमा दर्ता नगरि फिल्म निर्माण र रिलिज गर्न पाइँदैन । यसको मारमा फिल्म ‘दासढुंगा २’ परेको छ । निर्माण घोषणा भइसकेको यो फिल्म बोर्डले दर्ता गर्न मानेको छैन । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर बन्न लागेका कारण फिल्म दर्ता हुन नसकेको हो । 
फिल्मीखबर, काठमाण्डौ, 2019-08-13, मंगलवार

नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा आफूलाई स्थापित गरेका अष्ट महर्जन पहिलो पटक फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । तर, उनले आफ्नो विधाबाट हटेर लभस्टोरी जनरामा फिल्म बनाउन लागेका हुन् । नाम गोप्य राखिएको फिल्ममा लिड आर्टिस्ट फाइनल भइसकेका छन् । उक्त फिल्ममा अभिनेत्री सारा सिर्पालीसँग नव-नायक प्रितमराज सेन्चुरीको जोडी बाँधिनेछ । 

Results : 9181 - 9186 of 23756
Most Visited News (monthly)