Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

सुतेकै ठाउँमा मृत अवस्थामा भेटिए कलाकार दीपक क्षेत्री

फिल्मीखबर, काठमाण्डौ, 2019/12/14
 
कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने जानकारी प्राप्त छ ।
 
कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम केसीले भने- ‘शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुत्नु भएको रहेछ । शनिबार बिहान उहाँको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृत्य अवस्थामा भेटिएको थियो ।’
 
उनले केही घण्टामा अस्पतालबाट पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि कलाकार दीपक क्षेत्रीको निधन हुनुको कारण खुल्ने बताए । गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो । त्यसयता उनी स्वास्थ्य थिए । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए । 
 
दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् । हरेक फिल्ममा उनको अभिनयको निकै प्रशंसा हुने गर्दथ्यो ।
Most Visited News (monthly)