

मिस नेपालको प्ल्याटफर्मलाई नेपाली फिल्मका लागि अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । मिस नेपालको उपाधि जितेपछि प्रायः सुन्दरीहरुको मुख्य उद्येश्य अभिनेत्री बन्ने हुन्छ । मेकरहरु पनि मिस नेपालको उपाधि जितेपछि फिल्मको अफर गर्न पुगिहाल्छन् । तर, दुर्भाग्य नै भन्नुपर्छ ! मिस नेपाल विजेता कसैले आजसम्म नेपाली फिल्ममा लोभलाग्दो सफलता हात पार्न सकेका छन् । जति आए सबै असफल श्रेणीमै उभिए ।

अहिले नेपालमा फिल्म अवार्ड च्याउसरह उम्रिएका छन् । चलचित्र विकास बोर्डले गर्ने ‘राष्ट्रिय अवार्ड’ सहित प्राइभेट कम्पनीले बाँड्ने अवार्ड वर्षमा एक दर्जनभन्दा बढी हुन्छन् । त्यस्तै, हरेक वर्ष नयाँ अवार्डको घोषणा हुने क्रम पनि रोकिएको छैन । आजभोली नेपालमा भन्दा विदेशमा बढी अवार्ड आयोजना हुने गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको बजार विस्तार र प्रबद्र्धन गर्न भन्दै गरिने अवार्डले न त आजसम्म विदेशी भूमिमा नेपाली फिल्मलाई प्रबद्र्धन गर्न सकेको छ न त अवार्डको साख र गरिमा नै बचाएको छ ।

काठमाडौंको ठमेलमा रहेको व्यापारिक भवन ‘छाँया सेन्टर’ मा आइतबारबाट तीन दिने ‘मास्टर क्लास’ सुरु भएको छ । छाँया सेन्टर र इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनबीचको सहकार्यमा आयोजना भएको कार्यशालामा इन्डियन माइम थिएटरका निर्देशक तथा पद्मश्री विजेता निरञ्जन गोस्वामीले अभिनयको प्रशिक्षण दिइरहेका छन् ।

अहिलेको समयमा कुनै अभिनेताको बक्सअफिसमा स्टारडम विक्छ छ, त्यो अनमोल केसीको नै हो । ‘होस्टेल’ बाट डेब्यू गरेका उनले ‘ए मेरो हजुर ३’ सहित सात फिल्ममा अभिनय गरिसकेका छन् । यीमध्ये ‘कृ’ र ‘क्याप्टेन’ ले मात्र लगानी उठाएनन् । बाँकी सबै फिल्म बक्सअफिसमा सफल ठहरिए । अहिले उनको नामले नै फिल्मले लगानी उठाउने विश्वास मेकरमा छ । त्यसैले त उनलाई फिल्ममा लिनका लागि निर्माताबीच सानो तछाडमछाड चल्दैन । उनले मागे जति पारिश्रमिकमा फिल्म खेलाउन निर्माता तयार छन् ।

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काको निर्देशनमा बनिरहेको फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहने यो फिल्म आउँदो चैत २८ गते प्रदर्शन हुने निधो भएको छ । यसको जानकारी फिल्मका निर्माता अर्जुन कुमारले दिएका हुन् ।

