Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9019 - 9024 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-11-24, आईतवार

कीर्तिपूरमा रहेको त्रिभुवन विश्वविद्यालयबाट करीब २ सय मिटर अगाडि हुइँकिएपछि वरिपरि टिनको पाताले बारिएको फराकिलो जमिनमा राजाका लागि एक ठूलो दरबार खडा गरिएको छ । दरबार झण्डै डेढ सय वर्ष पुरानो संरचनामा निर्माण गरिएको छ । दरबारभित्र राजाका लागि शयन् कक्ष, बैठक कक्ष, सभा हललगायत छन् । चुन ढुंगाबाट बनाइएको दरबारमा गएको करीब १५ दिनदेखि निकै चहलपहल छ । विहानदेखि मध्यरातसम्म मानिसहरु दौडधुप गरिरहेका देखिन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-23, शनिवार

सिंगल थिएटरका ‘बादशाह’ मानिने अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ छ ।

एजेन्सी, मुम्बई, 2019-11-23, शनिवार

‘उरी : द सर्जिकल स्ट्राइक’ बाट नसोचेको सफलता हात पारेका अभिनेता विक्की कौशल अहिले आफ्ना केही नयाँ फिल्ममा व्यस्त छन् । यसमध्ये एक सुपरहिरो फिल्ममा आधारित छ, जसमा उनी अघिल्ला फिल्मभन्दा विल्कुलै फरक अवतारमा देखिँदैछन् । यो फिल्मलाई ‘उरी’ का निर्देशक आदित्य धरले निर्देशन गर्दैछन् । यो सुपरहिरो फिल्ममा विक्की अश्वत्थामाको लुक्समा देखिनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-23, शनिवार

मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित लभस्टोरी फिल्म ‘प्रेम संसार’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमार्फत् फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । नव-अभिनेता प्रेम सोनी र नव-अभिनेत्री आयुष्मा कार्कीको प्रेममा आउने उतारचढाव फिल्म केन्द्रित छ । ट्रेलरमा दुईको प्रेम र विछोड देखाइएको छ ।

फिल्मीखबर, सान फ्रान्सिस्को, 2019-11-23, शनिवार

अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन गईरहेको 'चौथो ग्लोबल नेपाली फिल्म अवार्ड'को तयारी अन्तिम चरणमा पुगेको छ। आउँदो नोभेम्बेर ३० तारिखका दिन बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड आयोजना गरिंदै छ।

फिल्मीखबर, काठमाडौं, 2019-11-22, शुक्रवार

शुक्रबारबाट अभिनेता आर्यन सिग्देल अभिनीत फिल्म ‘च च हुई’ देशभर प्रदर्शनमा आएको छ । साम्तेन भुटिया निर्देशित फिल्ममा मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय छ । फिल्मका निर्माता अमृत घोले हुन् । जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ ।

Results : 9019 - 9024 of 24024
Most Visited News (monthly)