
‘६ एकान ६’ बाट फिल्म निर्माण सुरु गरेको दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले पछिल्लो रिलिज फिल्म ‘छक्का पञ्जा ३’ सम्म आइपुग्दा असफलता भोग्नु परेको छैन । एकपछि अर्को फिल्मले बक्सअफिसमा रेकर्ड कायम गरेका छन् । दर्शकको ठूलो वर्गको विश्वास जित्न सफल यो टिमले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

दिनेश लिङ्देनको कथा र निर्देशनमा निर्माण भएको फिल्म ‘पायल’ को पोस्टर सार्वजनिक भएको छ । मंसिर अन्तिममा प्रदर्शन गर्ने तयारी गरिएको यो फिल्म सामाजिक कुरिती विरुद्ध सामाजिक तथा पारिवारिक कथासँगै नारी संवेदनशिलतामा तयार पारिएको बताइएको छ ।

बलिउड अभिनेता सैफ अली खानका पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । यसले उनको करिअरमा ठूलो धक्का पुगेको छ । तर, एकपछि अर्को फिल्म असफल भए पनि उनको व्यस्ततामा भने कुनै कमी आएको छैन । हातमा फिल्मको लस्कर छ । यसबीच, उनी चाँडै फिल्म ‘लाल कप्तान’ मा देखिँदैछन् । फिल्ममा उनी नागा साधुको रोलमा छन् ।

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को अहिले प्रचार-प्रचारलाई निकै आक्रामक बनाइएको छ । यसैक्रममा यो फिल्मबाट अभिनयमा डेब्यू गरेका नव-अभिनेता अंकित शर्माले आफूले अध्ययन गरेको स्कुलको भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार फिल्मको टिमसँग पुगेका उनले विद्यार्थीसँग प्रत्यक्ष भेट गरे ।

अहिलेका चल्तीका अभिनेता अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेन भुटियाको नयाँ फिल्ममा काम गर्ने उनले सम्झौता गरेका हुन् । फिल्मको नाम ‘धुपौरे’ जुराइएको छ । फिल्म डार्क एक्सन-लभ जनरामा निर्माण हुने जानकारी प्राप्त छ । मंगलबार दिउँसो फिल्मको लोगो सार्वजनिक गरिँदैछ । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।


