
ब्लकबस्टर तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ मा अभिनेता विजय देवरकोन्डाको साथीको भूमिका निभाएर चर्चामा आएका अभिनेता र कमेडियन राहुल रामकृष्णले सोसल मिडियामा सबैलाई चकित पार्ने खुलासा गरेका छन् । मंगलवार उनले आफ्नो ट्विटर ह्यान्डमा बाल्यकालमा आफ्नो रेप भएको भनेर लेखेका छन् । उनको यो खुलासाले अहिले तेलुगू इन्डस्ट्रीमा ठूलो तरंग ल्याएको छ ।
‘बाल्यकालमा मेरो रेप भएको थियो । मलाई मेरो पीडाको बारेमा के भन्ने थाहा छैन । सिवाय यसको कि यसपछि आफैंलाई जान्न चाहन्छु’, उनले ट्वीटरमा अगाडि लेखेका छन्, ‘हरेक चिजले समस्या दिन्छ । म आफूमाथि भएको अपराधसँगै रहन्छु । कहिल्यै राहत मिलेन, मात्र केही समयका लागि राहत मिल्छ । यसकारण, आफ्ना मानिसहरूलाई राम्रो हुन सिकाउनुहोस् ।’
राहुलको रेप त्यो समयमा भएको थियो, जति बेला उनी स्कूलमा पढाई गर्दथे । उनको ट्वीट पढेपछि मानिसहरुले उनको तारिफ गरेका छन् । कमेडियन प्रियदर्शिनले लेखेकी छन्, ‘मैले कोशिश गरेँ भने पनि त्यो दुःखको कहिल्यै महशुस गर्न सक्दिन, जुन तपाईंमाथि गुज्रिएको छ । र, म केही गर्न पनि सक्दिनँ । तर, यति चाहिँ भन्छु कि बलियो रहनुहोस् । तपाईं एक योद्धा हुनुहुन्छ ।’
अभिनेता र कमेडियन राहुल रामकृष्णले ‘अर्जुन रेड्डी’ का अलावा ‘गीता गोविन्दम’, ‘भारत अने नेनू’ र ‘अला वैकुण्ठपुरम लो’ जस्ता तेलुगू फिल्ममा काम गरिसकेका छन् । हाल ‘आरआरआर’ फिल्ममा व्यस्त उनी फिल्ममा अभिनय गर्नुभन्दा अगाडि पत्रकार थिए । ‘अर्जुन रेड्डी’ मा उनको अभिनय दर्शकले निकै रुचाएका थिए । यसपछि उनको तेलुगू फिल्ममा निकै माग चुलिएको छ ।

